रियालको खोजिमा प्रदर्शनी


रिडर्स गु्रप झापाको आयोजनामा विहीवार ‘रियालको खोजीमा’ नामक एक वृत्तचित्र प्रदर्शनी गरिएको छ ।
केसाङ छेतेनको निर्देशन रहेको वृत्तचित्रमा विदेशिएका नेपालीहरुको कथालाई समेटिएको छ । करिव एक घण्टा लामो वृत्तचित्रमा खाडी मरुभुमिमा थोरै मुल्यमा श्रम वेच्न वाध्य नेपाली युवाको कथाव्यथा देखाइएको छ । विद्यार्थी तथा सर्वसाधारणले वृत्तचित्रको मजा लिएका थिए ।
वृत्तचित्र प्रदर्शनीसंगै अन्तरक्रिया समेत आयोजना गरिएको थियो । पत्रकार देवेन्द्र भट्टराईले सहभागिका जिज्ञासा हल गरेका थिए । दामोदर ढुंगेल, दिपक पोखरेललगायतले वृत्तचित्र वारे जिज्ञासा व्यक्त गरेका थिए । रिडर्स ग्रुपका संयोजक उज्जवल प्रसाईको अध्यक्ष्ँतामा कार्यक्रम सम्पन्न भएको थियो ।



तस्विर सौजन्य M– d]rLgu/ emfkfnL km];a's ;d"x 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...