धेरै भयो, नायिका नम्रता श्रेष्ठ अभिनित सिनेमा रिलिज नभएको । नेपाली सिनेमालाई माया गर्ने दर्शकहरु र नम्रताका प्रशँसकहरु आतुर छन्, नम्रतालाई फेरी सिनेमाको पर्दामा हेर्न ।
लाजिम्पाटमा नम्रताको ‘एटिक’ नामक रेष्टुँरा छ, जहाँ उनी आफ्नो खाली समयलाई उपयोग गर्छिन् । केहि प्रोजेक्टमा काम गर्न स्क्रिप्ट हेरिरहेकी उनले तत्काल कुनै पनि प्रोजेक्टका लागि साईन चैं गरेकी छैन् । ‘कुनै नयाँ फिल्ममा काम गर्ने भएँ भने म तपाईहरुलाई भनिहाल्छु नि’, नम्रताले भनिन् ।
‘सानो सँसार’बाट नेपाली सिनेमा क्षेत्रमा उदाएकी नम्रताले त्यसपश्यात् ‘मेरो एउटा साथी छ’मा अभिनय गरेकी थिईन् । सिमोस सुनुवार निर्देशित ‘फष्टलभ’मा उनी अतिथि कलाकारका रुपमा देखिएकी थिईन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...