धनकुटा, माघ २२ - संघीय लोकतान्त्रिक मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्ले अहृवान गरेको वन्दमा गाडी चलाएको भन्दै माइक्रोवस जलाईदिएपछि आक्रोशित स्थानीयवासी प्रतिकारमा उत्रिएका कारण शनिवार अपरान्हदेखि सदरमुकाम क्षेत्र तनाबग्रस्त बनेको छ ।
सहचालक तामाङका अनुसार सडक छेउ लुकेर वसेका आन्दोलनकारीहरुले एक्कासी वस रोकी चालक लिम्बुलाई बन्दमा किन चलाएको भन्दै खुकुरी देखाएका थिए । २२ जना यात्रु लिएर आएको सो माइक्रोवसका कुनै पनि सदस्यलाई गाडीवाट नओराली आगो लगाईदिएका थिए । यात्रुहरु अगाडीको ढोकावाट हाम फालेर ज्यान जोगाउन सफल भएको सहचालक तामाङले बताए । हामफाल्ने क्रममा केही यात्र’ सामान्य घाइते भएका छन् । माइक्रोमा भएको कुनै पनि सामान जोगाउन नसकेको उनले वताए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...