दोस्रो विवाह गर्न जुटेका एक व्यक्ति विवाह जग्गेबाटै पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुम चुहानडाँडाका ३० वर्षीय कृष्णप्रसाद उप्रेती छन् ।
गत जेठमा झापा गरामनी-१ की तुलसा उप्रेतीसँग वैवाहिक जीवनमा बाँधिएका उनी केटीपक्षलाई ठगी दोस्रो विवाह गर्ने तयारीमा थिए । प्रणामी मन्दिरमा गीता र उनको बीच स्वयम्वर हुँदै गर्दा तुलसाले प्रहरीको सहयोगमा विवाह रोकेकी छिन् ।
तुलसाले दोस्रो विवाह गर्न लागेको किटानी जाहेरी दिएपछि प्रहरी मन्दिरमा पुगेको थियो । शनिबार पक्राउ परेका उप्रेतीउपर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाले बताउनुभयो ।
उनलाई बहुविवाह ऐनअन्तर्गत कारबाही सुरु गरिएको प्रहरीको भनाइ छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...