![]() |
| By:- Prakash Poudel |
सबैका आ–आफ्नै संस्कृति छन् । हुन सक्छ कसैले सहि रुपमा अपनाउँछ त कसैले गलत, कसैले आफ्नौ संस्कारलाई आधुनिकतातर्फ ढाल्न प्रेरित गरिरहेको हुन्छ भने कसैले त्यसलाई परिभाषित । नेपालमा पनि आफ्नो संस्कृति मनाउने क्रममा युवापुस्ताहरु आधुनिकता तिर लम्किरहेका छन् । युवावर्गले चाहेको आधुनिकता कतै सहि रुपमा प्रयोग भैरहेको छ भने कतै गलत प्रयोगले गर्दा नेपाली संस्कृति फोहोरी खेल बन्दै गएको छ ।
१४ फेव्रुअरी अर्थात फाल्गनु २ गते युवावर्गले चाहेको आधुनिकता हो । यो उनीहरुको प्रमुख चाड पनि हो । सबैले चाड मनाउँछन् । हिन्दुको दसैं, मुस्लिमको इद, क्रिश्चयको क्रिसमस डे भनेजस्तै युवावर्ग अर्थात प्रेमपारखीहरुको लागि प्रमुख चाड भ्यालेन्टाईन डे ।
भनिन्छ प्रेमले पापिलाई पनि सुधार्छ । प्रेमले मानिसको जीवनलाई थप रोमाञ्चक बनाउँछ । प्रेमले शत्रु पनि मित्र बन्छ । प्रेम सबैमा हुन्छ जुन बनावटी नभई अन्तरहृदयबाट प्रस्फुटित हुन्छ । प्रेम एउटा अभिव्यक्त हो । देखावटी बोली र व्यवहारले कुनैपनि प्रेम सफल भएको थियो भने आज भ्यालेन्टाइन डे को कुनै अर्थ रहदैनथ्यो किनकी प्रेमको लागि बलिदान दिने भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइएको हो र यो साँचो मायाको सपथ पनि हो । जब प्रेमजोडि भ्यालेन्टाइन डे को दिन नजिक हुन सक्क्तैनन् तिनीहरुको माया पनि सफल हुन सक्तैन किनकी उनिहरुको परिभाषामा मायाको अर्थ भ्यालेन्टाइनको भन्दा भिन्न छ । उनिहरुले आफ्नो मायाको लागि ज्यान दिन सक्तैनन् । आप्mनो जीवनलाई शुलीमा चढाएर प्रेमको भिख माग्न सक्तैनन् बरु आफूले प्रेमलाई इशारामा चलाउन चाहान्छन् ।
यहि दिन हो आफ्नो माया प्रमाणित गरेर देखाउने, आफूलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने सुनौलो अवसर पनि यसैदिन प्राप्त हुन्छ । आपूmलाई मन परेको मान्छेलाई यो दिन त्यस्तो उपहार दिइयोस् जुन उसले आफ्नो मुटुमा सजाउने र मनभित्र सम्हालेर राख्न सकोस् । प्रेम दिवसको अवसरमा दिइएको उपहारले हरेक वर्ष मनाइने यस चाडको प्रतिनिधित्व गरिरहेको हुन्छ ।
भ्यालेन्टाइन डे मनाइदै गर्दा भित्रिएको आधुनिकताले धेरैलाई मृत्युको मुखमा पु¥याउने गरेको समाचार पनि बारम्बार सुनिने गर्छ । अन्धो प्रेमको पछि लागेर कुनै त्यस्तो गलत कार्य नगरियोस् जसको फलस्वरुप आपूm मृत्युलाई अँगाल्न परोस् । सहि र सत्यतामा मनाइने भ्यालेन्टाइन डे लाई उसैको आर्दश र स्वरुपले मनाउँ । यसवर्ष सँगै अब आउने भ्यालेन्टाइन डे ले सहि प्रेमको प्रतिनिधित्व गरोस् । भ्यालेन्टाईन डे को शुभकामना ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...