झापाको डाघनडुव्वा स्थित एक घरवाट प्रहरीले गोली र संकास्पद विष्फोटक वस्तु सहित अनुसन्धानका लागि दुइ जनालाई नियन्त्रणमा लिएको छ ।
टाघनडुव्वा-८ स्थित ढेनामणी सतारको घरवाट प्रहरीले आज विहान १ राउन्ड थ्रि नटन थ्रि गोली तथा कालो झोलामा राखिएको ७ सय ५० ग्राम पहेलो रङ्गको र सेतो प्लास्टिकको पोकामा राखिएको ५ सय ग्राम सेतो रङ्गको सङ्कास्पद पदार्थ नियन्त्रणमा लिएको हो ।
पाउडर जस्तो देखिने सो पदार्थ विष्फोटक पदार्थ वनाउन प्रयोग गरीने वस्तु भएको हुन सक्ने सिमा सुरक्षा वल टाघनडुव्वाका प्रहरी निरिक्षक सुदीप प्रसाइले जानकारी दिनुभयो ।
प्रहरीले अनुसन्धानका लागि भन्दै घरमालिक ढेनामणी र उनकी श्रीमती पार्वतीमणी सतारलाई नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...