सीमाक्षेत्रमा अवैध भारतीय डिटीएचको प्रयोग बढ्दो : सरकारी कार्यालय पनि भएन् अछुतो ।

प्रकाश  पौडेल झापा
खुल्ला सिमाना र लचिलो सुरक्षाको फाइदा उठाउँदै अवैध रुपमा भित्र्एिका भारतीय डिटीएचको प्रयोग सीमा क्षेत्रमा बढेको छ । भारतीय सीमानासँग जोडिएका पूर्वी नेपालका झापा र इलामका अधिकांश क्षेत्रमा खुलेआम भारतीय डिटीएचको डिलर सुरु गरी विक्रि सुरु गरिएपछि यसको प्रयोग बढेको हो । 
पूर्वका प्रमुख शहरहरुमा भारतीय डिटीएच कम्पनीले अवैध रुपमा आफ्नो डिलहरु समेत विस्तार गरी नेपाली भूमी भारतीय डिटीएचमय बनाएको छ । झापाको पूर्वी क्षेत्र मेचीनगर, ज्यामिरगढी, बाहुनडाँगी, भद्रपुर मात्र होईन पश्चिमी नगर दमक अनि ईलामका अधिकांश घरधुरीमा भारतीय डिटीएचको एन्टेना स्पष्टरुपमा देख्न सकिन्छ । 
बजारमा नेपाली डिटीएचले आफ्नो सेवा विस्तार गरेपनि भारतीय डिटीएचभन्दा धेरै महङ्गो पर्नेहुँदा सीमा क्षेत्रमा यसको प्रयोग बढेको प्रारम्भिक अनुमान गर्न सकिन्छ । नेपाली केबुल नेटवर्क कम्पनीले शहरी क्षेत्रसँगसँगै ग्रामिण भेगमा पनि आफ्नो सेवा विस्तार गरिरहँदा समेत नेपाली भूमिमा भारतीय डीटिएचको प्रयोग घटेको छैन । 
झापाको कान्छो नगर मेचीनगरको सोधपुक्ष कक्षमाथि राखिएको भारतीइ डिटीएच टिभीको 
एन्टेना  तस्विर प्रकाश पौडेल मेचीनगर अनलाईन
भारतीय डिटीएचको डिलर खोलेर बसेका मेचीनगर धुलाबारी बजारका राजेश गुप्ताका अनुसार नेपाली बजारमा सवैभन्दा बढी भारतीय डिटीएच डिक्स टिभी को माग रहेको छ । उनले भारतीय डिटीएचमा डिक्स टिभी, टाटा स्काई, भिडियो कोन र एयरटेल को डिलर खोली नेपाली भूमिमै विक्री गर्दै आएको स्वीकार्छन् । यसरी नेपालमा सवैभन्दा बढी माग भएको भारतीय डिटीएच कम्पनी डिक्स टिभीको सुरुमा २ महिनाको शुल्क सहित १ हजार भारतीय रुपैँया मात्र पर्ने गरेको छ भने पाँच महिनाको मासिक शुल्क सहित भिडियो कोनको मूल्य १ हजार ३ सय भारतीय रुपैयाँ तिर्नुपर्ने गुप्ताले जानकारी दिए ।
स्थानीय बासिन्दा मात्र होईन सरकारी कार्यालय अनि अवैध धन्दा रोक्न खटिएका सुरक्षाकर्मीकै कार्यालयमा समेत यसको प्रयोग भैरहेको छ । मेचीनगर नगरपालिका कार्यालय इट्टाभट्टा, अस्थाई प्रहरी पोष्ट धुलाबारी, ईन्द्रध्वज गण चारआली लगायतका अन्य सरकारी कार्यालयमा समेत यसकै प्रयोग हुँदै आएको छ । जसका कारण भारतीय डिटीएच प्रयोग गरिरहेका स्थानिय बासिन्दा अनि डिलर खोलेर बसेका व्यापारीलाई झन् प्रोत्साहन मिलेको छ । 
अवैध धन्दा रोक्न खटिएका सुरक्षाकर्मीकै कार्यालयमा यसरी भारतीय डिटीएच प्रयोग हुँदा समेत नियन्त्रण गर्न सम्वन्धित निकायले कुनै चासो देखाएको छैन । भारतीय डिटीएच प्रयोग भैरहेका यी सरकारी कार्यालय अनि प्रशासनीक क्षेत्र वरपर नेपाली केवुल नेटवर्कले आफ्नो सेवा नपु¥याएको भने होईन । तर केवुल नेटवर्क अनि भित्र्सिकेको नेपाली डिटीएचलाई लत्याउँदै अवैध भारतीय डिटीएचबाटै टिभी हेर्न छाडेका छैनन् सरकारी कर्मचारीहरु । मेचीनगर नगरपालिका कार्यालय बारुण यन्त्रका एक कर्मचारीले नाम नखुलाईदिने शर्तमा भने –‘पहिला केबुल लाईन जोडिएको थियो तर स्पष्ट दृष्य आएन्, रातभरी ड्युटीमा बस्नुपर्छ, समय कटाउने मेलो टिभी नै हो, त्यसैले भारतीय डिटीएचबाट विभिन्न च्यालन हेरिरहेका छौं ।’ नेपाली डिटीएच बजारमा भित्र्एिको बारे भने आपूm अनविज्ञ रहेको उनले बताए । 
उता भख्खरै आफ्नो सेवा लिएर बजारमा देखिएको नेपाली डिटीएच होम टिभीका पूर्वाञ्चल डिलर प्रमुख युवराज प्रसाईले सीमा क्षेत्रमा प्रयोग भैरहेको अवैध भारतीय डिटीएचको नियन्त्रण हुनुपर्नेमा जोड दिए । यसको नियन्त्रणका लािग केन्द्रमा आफूले जानकारी दिएको समेत उनले बताए । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...