काँकरभिट्टा
नगरभित्र रहेका साईडमार्गमा ब्रेकर ढिस्को बनाउनका लागि नगरपालिका सग अनुमती लिनुपर्ने कानुनी ब्यबवस्था भएपनि मेचीनगरपालिकाका केहि साईडमार्गमा नियम बिपरित ब्रेकर ढिस्को बनाईएको छ ।
केहि महिनायता नगर क्षेत्रभित्रका साईडमार्गमा जताभावी रुपमा बे्रकर ढिस्को बनाउँदासमेत नगरपालिकालाई थाहा नै छैन् । ती ब्रेकरले सवारी आवगमनमा समेत कठिनाई उतपन्न भएको चालकहरुको भनाई छ । नगरपालिको स्वीकृत बिनानै नगरबासीले आफुखुशी मापदण्ड बिपरित ब्रेकर बनाउदा दुघर्टना न्युनीकरण हुनुको साटो बढ्ने गरेको बताईएको छ । नगरको पुरानो गाबिस रोड, संगम पथ, गुरास पथ लगायतमा आधा दर्जन बढि ब्रेकर बनाईएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले दिएको जानकारी अनुसार नगरमा ती ब्रेकर बनाउन कसैले पनि नगरपालिकामा सर–सल्लाह गरेका छैनन् । राईले भन्नुभयो–स्पीड कम गर्न ब्रेकर बनाउने गरिएको भएपनि नगरमा बनाइएका ब्रेकरले सवारी आवगमनमा बाधा समेत पुग्ने गरेको भन्दै गुनासो आउने गरेको छ । स्कुलक्षेत्र, मानिसका अत्यधिकचाप हुने क्षेत्र लगायत सार्वजनिक स्थलमा बैज्ञानिक ढंगका ब्रेकर बनाउनआबश्यक भएपनि अहिले नगरमा जताभावी रुपमा ब्रेकर बनाउदा समस्या खडा भएको राईको भनाई छ । जहाँ आबश्यकता छैन त्यहा पनि ब्रेकर बनाईएको केहि नगरबासीको भनाई छ ।
नजीक नजीकको दुरीमा बनाइृएका ती ब्रेकरले हल्का सवारी साधन चलाउन समेत समस्या भएको छ । केहि दिनमै ट्राफिक प्रहरी संग छलफल गरि ती ब्रेकरका बारेमा निर्णय गरिने अधिकृत राईले बताउनुभयो । जताभावी रुपमा सडकमा ब्रेकर बनाउदा सडक चार्ड जीर्ण हुने बताईएको छ । स्थानीयबासीलाई ब्रेकरको जानकारी भएपनि बाहिर बाट आउने सवारी चालकलाई थाहा नहुदा दुघर्टना हुने बताइृएको छ । सडक बिभागले मुख्य राजमार्गमा मात्र ध्यान दिने भएकाले आफ्नो क्षेत्र देखि बाहि।का सडकहरुमा स्थानीय निकायले नै हेर्नुपर्ने २ नमबर पुर्वाञ्चल डिभीजन सडक कार्यालयका प्रमुखहरिकुमार पोखरेलले बताउनुभयो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...