२०६७ - मंसिर एजेन्सी
लन्डन, जापानको एक प्रविधि कम्पनीले सन् २०२५ सम्ममा समुद्रमा तैरिने सहरहरू निर्माण गर्ने भएको छ। 'ग्रिन फ्लटु नाम दिइएका यी प्रत्येक सहरमा करिब एक लाख मानिस बसोबास सक्ने क्षमताका हुनेछन्।
सिमिजु नामको यो जापानी कम्पनीले यस्तो सहरको अवधारणामा दुई उद्देश्य रहेको जनाएको छ। पहिलो कार्बनरहित सहरको विकास गर्नु, जहाँ कार्बनको प्रयोग निकै कम हुनेछ। यस्तो सहरमा कार्बन उत्सर्जनमा ४० प्रतिशतसम्म कम हुने दाबी कम्पनीले गरेको छ।
दोस्रो उद्देश्य भनेको हरित प्रविधिको उच्च प्रयोग हो। विश्व तापमान वृद्धिले गर्दा समुद्री तटीय क्षेत्रमा रहेका मुलुकहरू डुब्ने सम्भावना रहिरहन्छ र यस्तोमा समुद्रमै तैरिने सहरको निर्माण गर्नु ज्यादा प्रभावकारी हुनेछ।
ग्रिन फ्लोट सहर स-साना ढिस्को वा सेलहरू मिलेर बन्नेछ। यो सेल एक किलोमिटर चौडा हुनेछ, जहाँ १० देखि ५० हजार मानिस बसोबास गर्न सक्नेछन्। प्रत्येक सेल एकअर्काबाट छुट्टएिको हुनेछ र यो प्रशान्त महासागरमा भूमध्यरेखानजिकै तैरिने छ। भूमध्य क्षेत्रमा समुद्र तुलनात्मक रूपमा शान्त हुने भएकाले यो क्षेत्र चुनिएको अधिकारीहरू बताउँछन्।
यी सेलहरू आवश्यक परेको खण्डमा एकअर्कासँग मिलेर सहर बन्नेछ र पछि धेरै सहरबाट देशजत्रो बन्न पनि सक्छ। यो नयाँ रोमाञ्चकारी संसारमा अधिकांश मानिसहरू एक किलोमिटर अग्लो सेन्ट्रल टावरमा बस्नेछन्। केही मानिस सेलको किनाराहरूमा बनेका मनोरञ्जन गर्ने क्षेत्रमा बसोबास गर्नेछन्।
निकै हलुका धातुबाट बन्ने यो सेन्ट्रल टावरमा घाँसे मैदान र जंगल पनि हुनेछ। यहाँ खेतीपाती पनि गर्न सकिनेछ भने खुला मैदानमा पशुपालन पनि गरिने छ। टावर वरपरका क्षेत्र सात हजार टन वजनका ड्रमहरूबाट बनाइनेछ।
समुद्रमा निर्माण हुने यी सहरको सुरक्षा व्यवस्था पनि मिलाइएको हुनेछ। अग्ला-अग्ला समुद्री लहरबाट बचाउनका लागि यी सहरको वरिपरि बलियो लचकदार पर्खाल हुनेछन्। र, यी पर्खाल समुद्री सतहबाट ३० फिट अग्ला हुनेछन्। विज्ञहरू यस्ता सहरमा सुनामीको खतरा नहुने बताउँछन्। यसबाहेक चटयाङबाट सुरक्षा दिन टावरको माथि लाइटनिङ रड पनि जडान गरिएको हुनेछ र टावरको बाहिरी भित्तामा लाइटनिङ कन्डक्टरको जाली पनि लगाइएको हुनेछ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...