एम्वुलेन्स स्थानीयबासीको कब्जामा

काँकडभिट्टा – तोकिएको भन्दा बढी भाडा असुल्ने एक एम्वुलेन्सलाई झापाको धुलावारीका स्थानीयवासीले तीन दिनदेखि कव्जामा लिएका छन् । 
 टंकनाथ सेवा समाज विर्तामोडको मे १ च ६०६ नम्वरको एम्वुलेन्सलाई गत बिहिबारदेखि स्थानीयले कव्जामा लिएका हुन् । उक्त एम्वुलेन्स झापाको धुलावारीस्थित आम्दा मेची अस्पतालमा संचालित छ । 
झापासंग सीमा जोडिएको इलामको शलकपुरका एक विरामीलाई झापाको धुलावारी पुर्याउदा एम्वुलेन्सले ४ हजार भाडा असुलेको पीडितको भनाई छ शलकपुरदेखि धुलावारीसम्मको वास्तविक भाडा १५ सय मात्रै हो । पीडित
पर्शुराम तामाङका अनुसार पहिला ४ हजार ५ सय रुपैया“ मागेको र घटाउने क्रममा ४ हजार दिइएको थियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...