पर्वत पोर्तेल
सिलिगुडी(भारत) – पृथकतावादी संगठन नेसनल डेमोक्रेटिक फ्रण्ट फर वोडोल्याण्ड (एनडीएफवी) ले असममा तीन जना नेपाली नागरिकको हत्या गरेको छ ।
असमको उदलगुडी भन्ने स्थानमा ती नेपालीको हत्या गरिएको स्थानीय रेवतीरमण सापकोटाले जानकारी दिएका छन् । स्थानीय प्रहरीले असमको डेकियाजुली भन्ने स्थान नजिकको केकरानदी किनारमा ४ दिन अघि एक जनाको शव फेला पारेको थियो । उक्त शव नेपालका महेश घिमिरेको भएको पुष्टि भएको थियो । घिमिरेलाई वोडोल्याण्डका कार्यकर्ताले हत्या गरेका थिए । उनका दुई साथीहरु अनिल पोखरेल र झलक सरवान सुवेदीको पनि हत्या गरिएको जनाइएको छ । प्रहरीले भने यी दुईको शव फेला पार्न नसकेको जनाएको छ । गुवाहाटीका पत्रकार नन्द देवानका अनुसार तीनै जना नेपालवाट गुवाहाटी जादै थिए । सोही समयमा उनीहरु वोडोल्याण्डको शिकार भएका हुन् । मारिने नेपालीको ठेगाना खुल्न नसकेपनि उनीहरु गैडाको सिङको कारोवारी रहेको खुलेको छ । त्यही सिलसिलामा उनीहरु असम जादै थिए ।
प्रहरीले हत्यामा संलग्न रहेको आशकामा
वोडोल्याण्डका कार्यकर्ता थानेश्वर वसुमतरिलाई पक्राउ गरेको छ । वासुमतरिले नेपाली हत्याको आरोप स्वीकारेका छन् । वसुमतरिलाई उद्धृत गर्दै प्रहरीले वताए अनुसार तीनै जना नेपालीलाई अपहरणपछि हत्या गरिएको हो । डेकियाजुली प्रहरी पोष्ट अन्तरगतको शान्तिपुर गाउमा तीनैजनाको हत्या गरी केकराजुली नदी किनारमा पुरिएको वासुमतरिले प्रहरीलाई वयान दिएका छन् ।पत्रकार देवानका अनुसार ८ लाख माग्दा नदिएपछि तीनैजनालाई वन्चरो प्रहार गरी हत्या गरिएको थियो । वोडोल्याण्ड विद्रोहीले तीन साता अघि दुई जना नेपालभाषि युवाको गोली हानी हत्या गरेको थियो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...