राजेन्द्र गौतम विर्तामोड झापा
जिल्लाकै बढी विद्यार्थी भएको एकसहित झापाका २१ माध्यमिक विद्यालयमा स्थायी दरबन्दीका एकजना पनि शिक्षक छैनन् । दरबन्दी अनुसारका स्थायी शिक्षक नभएका कतिपय विद्यालय अस्थायी, राहत र Per Child Fund (पीसीअफ) शिक्षकको भरमा चलेका छन् ।
ती विद्यालयले तल्लो तहका स्थायी, अस्थायी र निजी स्रोतका शिक्षकले काम चलाइरहेका छन् । स्थायी दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा अप्ठ्यारो परेको सम्बन्धित विद्यालयले जनाएका छन् । केहीवर्षअघिदेखि एसएलसीमा सहभागी भइसकेको विद्यालय बिनादरबन्दी सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । झापामा एक सय माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन् । ती मध्धे ७८ वटा स्वीकृत प्राप्त छन् भने २२ विद्यालयले अनुमतिपत्र पाएका छैनन् ।
जिल्ला शिक्षा कार्यालय झापाका हरि मिश्रका अनुसार सरस्वती मावि गोलधाप, मोति मावि पथरिया, महेन्द्ररत्न मावि केचना, लक्ष्मी मावि शनिश्चरे, राष्ट्रिय विजय मावि शान्तिनगर,
पञ्चायत मावि कोहोवरा, सगरमाथिा मावि पृथ्वीनगर, लक्ष्मीप्रसाद देवकोटा मावि पथरिया, ज्योति मावि तोपगाटी, सरस्वती मावि सुरुङ्गा, गणेश मावि शान्तिनगर र मावि बर्ने शान्तिनगरमा राहत शिक्षकसमेत छ्रैनन् । देवी मावि अनारमनी, आर्दश मावि कोरोबारी, पञ्चरत्न मावि चारपाने, गौरीशङ्कर मावि डाँगिबारी, सरस्वती मावि बाहुनडाँगी, पशुपति मावि बाहुनडाँगी र त्रिभुवन मावि बुधबारेमा राहत शिक्षकले काम चलाइँदै आएको छ । यी विद्यालयमा पीसीएफ र नीजि स्रोतका शिक्षकमार्फत अध्यापन गराइने गरेको सम्बन्धित विद्यालययले जनाएका छन् । जिल्लाकै सबैभन्दा बढी विद्यार्थीको संख्या भएको विर्तामोडको देवी माविपनि राहत शिक्षककै भरमा चलेको छ । २०६३ सालदेखि माध्यमिक तह सञ्चालनको लागि अनुमति पाएको यो विद्यालयमा सरकारले अझैसम्म पनि एउटा दरबन्दी सिर्जना गर्न सकेको छैन । नेपाल सरकारको शिक्षा ऐन अनुसार हेर्ने हो भने प्रति मावि विद्यालयमा कम्तिमा ५ जना स्थायी शिक्षक हुनु अनिवार्य छ । तर २०५२ सालदेखि शिक्षक सेवा आयोग खुल्न नसकेकोले शिक्षक नियुक्ति हुन सकेका छैनन् ।
पत्रकार गौतम झापाको प्रतिदैन दैनिकसँग संलग्न छन् भने झापा जिल्लाको Educational Reporter भनेर चिनिन्छन् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...