काठमाडौँ- फेसबुकमा कुनै विशेष साथीलाई 'पोक' गर्ने सोच्नुभएको छ ? तपाईँ एक्लै हुनुहुन्न त्यसो गर्ने। बेलायतमा गरिएको एउटा अध्ययनले ११ प्रतिशत बेलायतीले फेसबुकबाट भेटेका साथीसँग धेरै नै निकट सम्पर्क राख्ने गरेको खुलेको छ। वनपोल डट कमका अनुसन्धानकर्ताहरुले दुई हजार जना वयस्कहरुसँग उनीहरुको अनलाइन बानी र यौन गतिविधिहरुबारे प्रश्न सोधेको थियो। त्यसमा ११ प्रतिशतले फेसबुकबाट भेटिएकासँग यौन सम्पर्कको हदसम्म नजिकिएको उल्लेख गरेका छन्।
सर्वेक्षणबाट देखिएका अन्य केही तथ्यः
• ४६ प्रतिशतले आफ्ना जीवन साथीबाहेक अरुलाई अश्लील खालका एसएमएस पठाउने गर्छन्
• ३५ प्रतिशतले आफ्नो नाङ्गो फोटो पठाउने गर्छन्
• ३० प्रतिशतले एक्लृ अनलाइनमा अश्लील सामाग्री हेर्ने गर्छन्
• १७ प्रतिशतले आफ्ना विपरीत लिङ्गी साथीसँग बसेर अनलाइनमा अश्लील सामाग्री हेर्ने गर्छन्
• १० प्रतिशतले एउटै कार्यालयमा काम गर्नेसित यौन सम्पर्क गर्छन् (तीमध्ये ५० प्रतिशतले काममा रहँदा)
अनुसन्धानकर्ताहरुले फेसबुकमा रहने व्यक्तिका व्यक्तिगत जानकारीको पहुँचले उनीहरुलाई नजिक्याउन प्रेरित गरेको बताएका छन्।
अस्ट्रेलियन साइकोलोजिकल सोसाइटी (एपीएस) ले गरेको भर्खरैको एउटा अनुसन्धानमा पनि ३१ वर्षदेखि ५० वर्षसम्मका पाँचमध्ये एक जनाले अनलाइनमा भेटिएका कुनै व्यक्तिसँग अन्तरंग सम्बन्ध रहेको बताएका छन्।
यस्तै काठमाडौं उपत्यकाका ६० प्रतिशत बालबालिकाले अनलाइनमार्फत् चिनजान भएका अपरिचित मान्छेसँग भेट्ने गरेको र तीमध्ये १६ प्रतिशत सुरुमै यौन दुर्व्यवहारको सिकार हुने गरेको सिविनले गरेको एक अध्ययनले देखाएको छ।
News Source : Nagarik News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...