साईबरमा ल्यापटपबाटै नेट


पवन पौडेल धुलाबारी झापा
ल्यापटमा रमाउँदै ग्राहकहरु तस्विर पवन पौडेल
तपाईहरु साईबर जानुहुन्छ तर साईबरमा भएका डेक्सटप कम्प्युटरबाट त्यति सन्तुष्ट हुनुहुन्न भने अब तपाईले साईबरमा डेक्सटप कम्प्युटर हैन ल्यापटपबाट नै नेट चलाउन सक्नुहुन्छ । सुन्दा अनौठो लाग्न सक्छ साईवरमा ल्यापटपबाट नेट चलाउन पाईन्छ र ! विश्वास पनि नलाग्न सक्छ । तर यो सत्य हो । मेचीनगर ५ धुलाबारी बजार सिरानमा २ युवकहरुले यस्तै साईबर क्याफे खोलेका छन् ‘नेसक्याफ साईबर केफ’ । हेर्दा कुनै निजी बैंकको कार्यालय जस्तो देखिने यो साईबर क्याफेको वातावरणले जो कोहीलाई पनि लोभ्याउने गर्दछ । ४ वटा ल्यापट र ३ वटा डेक्सटप कम्प्युटर राखेर सुरु गरिएको यो साईबरको सम्भवत नेपालकै एक यस्तो साईबर हो जहाँ ग्राहकले घण्टाको तीस रुपैया तिरेर ल्यापटममा नै नेट चलाउन सक्छन् । 
मेचीनगरका दुई युवा राजु गुप्ता र मदन घिमिरेले करिब ८ लाख रुपैया लगानी गरेर आफ्नै गाउँघरमा यस्तो सुविधा प्रदान गरिरहेका छन् । किन गाउँमा नै यति धेरै लागनी गरेको त भन्ने प्रश्नमा सञ्चालक मदन घिमिरे भन्छन् –‘ल्यापटप कस्तो हुन्छ भनेर देख्न समेत नपाएका स्थानीयबासीले ३० रुपैया तिरेर १ घण्टामा ल्यापटप यस्तो हुँदो रहेछ भनेर जान्ने मौका पाउँछन् नि ! होईन र, आफ्नो गाउँ घरको विकास हामी आफैले गरेनौ भने कसले गरिदिन्छ त ।’
साईबरमा ल्यापटप चलाउँदै अमेरिकामा रहेका दाजु सँग स्काईपमा भिडियो कलमा कुराकानी गरिरहेका टिमाई शरणार्थी क्याम्पका रमेश ढुंगाना भन्छन्– विदेशमा रहेका दाजुँसँग कुरा गर्न म धेरै साईबर क्याफे धाएको छु । तर यति बढी सुविधासम्पन्न साईबर क्याफे अहिलेसम्म देखेको छैन । कफि खाँदै दाईसँगै कुरा गरिरहँदा दुई दाजूभाई सँगै घरमा नै बसेर कुराकानी गरिरहेको जस्तो अनुभव भएको छ । स्काईपमा विभिन्न ठाउँबाट धेरैजनाले एकैचोटी कुराकानी गर्न सकिन्छ । 
इन्टरनेटले मात्र यो लगानी कहाँ उठ्छ र त्यसैले हामीले कम्प्युटर कक्षा पनि सञ्चालन गरिरहेका छौं । त्यतिमात्र होईन कम्प्यटरको डेक्सटप र ग्राफिक्स सम्वन्धि सबै कामहरु पनि गर्ने गरेका छौं । 

2 comments:

  1. धेरै खुशीको खबर हो धुलाबरीबासीका लागि यो . धेरै राम्रो काम . शुभकामना छ ती दाजुभाइलाई .

    ReplyDelete
  2. धेरै खुसि लाग्यो ,यस्तो खबर सुन्न पाउदा, नेपाल बिकास गर्ने हो भने पहिला गाउँ बिकाश मानै ध्यान दिनु राम्रो कुरा हो ।
    जय नेपाल .

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...