पवन पौडेल धुलाबारी झापा
| ल्यापटमा रमाउँदै ग्राहकहरु तस्विर पवन पौडेल |
तपाईहरु साईबर जानुहुन्छ तर साईबरमा भएका डेक्सटप कम्प्युटरबाट त्यति सन्तुष्ट हुनुहुन्न भने अब तपाईले साईबरमा डेक्सटप कम्प्युटर हैन ल्यापटपबाट नै नेट चलाउन सक्नुहुन्छ । सुन्दा अनौठो लाग्न सक्छ साईवरमा ल्यापटपबाट नेट चलाउन पाईन्छ र ! विश्वास पनि नलाग्न सक्छ । तर यो सत्य हो । मेचीनगर ५ धुलाबारी बजार सिरानमा २ युवकहरुले यस्तै साईबर क्याफे खोलेका छन् ‘नेसक्याफ साईबर केफ’ । हेर्दा कुनै निजी बैंकको कार्यालय जस्तो देखिने यो साईबर क्याफेको वातावरणले जो कोहीलाई पनि लोभ्याउने गर्दछ । ४ वटा ल्यापट र ३ वटा डेक्सटप कम्प्युटर राखेर सुरु गरिएको यो साईबरको सम्भवत नेपालकै एक यस्तो साईबर हो जहाँ ग्राहकले घण्टाको तीस रुपैया तिरेर ल्यापटममा नै नेट चलाउन सक्छन् ।
साईबरमा ल्यापटप चलाउँदै अमेरिकामा रहेका दाजु सँग स्काईपमा भिडियो कलमा कुराकानी गरिरहेका टिमाई शरणार्थी क्याम्पका रमेश ढुंगाना भन्छन्– विदेशमा रहेका दाजुँसँग कुरा गर्न म धेरै साईबर क्याफे धाएको छु । तर यति बढी सुविधासम्पन्न साईबर क्याफे अहिलेसम्म देखेको छैन । कफि खाँदै दाईसँगै कुरा गरिरहँदा दुई दाजूभाई सँगै घरमा नै बसेर कुराकानी गरिरहेको जस्तो अनुभव भएको छ । स्काईपमा विभिन्न ठाउँबाट धेरैजनाले एकैचोटी कुराकानी गर्न सकिन्छ ।
इन्टरनेटले मात्र यो लगानी कहाँ उठ्छ र त्यसैले हामीले कम्प्युटर कक्षा पनि सञ्चालन गरिरहेका छौं । त्यतिमात्र होईन कम्प्यटरको डेक्सटप र ग्राफिक्स सम्वन्धि सबै कामहरु पनि गर्ने गरेका छौं ।

धेरै खुशीको खबर हो धुलाबरीबासीका लागि यो . धेरै राम्रो काम . शुभकामना छ ती दाजुभाइलाई .
ReplyDeleteधेरै खुसि लाग्यो ,यस्तो खबर सुन्न पाउदा, नेपाल बिकास गर्ने हो भने पहिला गाउँ बिकाश मानै ध्यान दिनु राम्रो कुरा हो ।
ReplyDeleteजय नेपाल .