दमक मालपोतमा बम

झापाको दमकस्थित मालपोत कार्यालयमा आज विहान एउटा कुकर बम फेला परेको छ । कार्यालय परिसरको पर्खाल छेउमा फेला परेको सो बमसँगै जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीको पर्चाहरु समेत फेला परेको प्रहरीले जनाएको छ । पर्चामा पार्टीका अध्यक्ष तथा सर्वोच्च सैन्य कमाण्डर भगतसिंहको अपील उल्लेख छ । बम फेला परेपछि त्यस क्षेत्रमा प्रहरीले घेरा हाली बम निस्कृय बनाउने तयारी गरिरहेको छ । दमक प्रहरी प्रमुख नविन कार्कीका अनुसार सुरक्षित रुपमा बम निस्कृय बनाउन चारआलीबाट नेपाली सेनाको टोली आउन लागेको छ ।





No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...