मारिया अग्रवाल झापा,÷ हावाहुरीसँगै आएको असिनाले क्षति पुर्याएप्छि सीमावर्ती भारतीय बजारमा तरकारीको भाउ एक सातामा २५ प्रतिशतले वृद्धि भएको छ । जसको प्रभाव झापाली कृषि उपज बजारमा पनि परेको छ ।
चैत अन्तिम साता र बैशाखको पहिलो र दोस्रो साता आएको असिना पानीले क्षति पुर्याएप्छि तरकारीको भाउ बढेको हो । भारतको पानीटंकी स्थित एक तरकारी पसलकी रमिता चौधरीले कृषकले उत्पादन गरेको तरकारी कालीमा ५० प्रतिशतसम्म क्षति पुगेकोले भाउ बढेको बताइन् । ‘कृषिकहरुले लगानी नउठ्ने हुँदा बरु नलानु भन्छन्’, उनी भन्छिन् – ‘त्यतिमा खरिद नगरी धरै छैन ।’
विशेषगरी भिण्डी, काँक्रा, बन्दा कोपी, फूलकोपी, मटरको कोसा, टमाटर, बैगुन, खोर्सानी, लौका लगायतका तरकारीको भाउ बढेको हो । यतिमात्र होइन माटोमुनि फल्ने आलु, प्याज, लसुनलगायतको तरकारीको भाउमा पनि वृद्धि भएको उनी बताउँछिन् । अहिले पानीटंकी बजारमा प्रतिकिलोग्राम भिन्डी १० देखि १२, परवल १६, आलु १० देखि १४, काँक्रा ९ देखि १२ र प्याज १२ भारतीय रुपैयाँ पर्छ ।
एकसाता अघि प्रति किलो २ देखि ५ रुपैयाँसम्म कमी थियो । झापाका मुख्य कृषि उपज बजारमा पनि तरकारीको मूल्यमा केही प्रतिशतले वृद्धि भएको छ । काँकरभिट्टास्थित तरकारी पसलकी पवित्रा राईका अनुसार यो सिजनमा उत्पादन हुने मुख्य तरकारीको मूल्यमा वृद्धि भएको छ । उनका अनुसार शनिबार काँक्रा प्रतिकिलो २० रुपैयाँ, बैगुन २० रुपैयाँ, टमाटर २० रुपैयाँ, प्याज १५ रुपैयाँ लसुन १ सय २० रुपैयाँ र आलु २५ रुपैयाँसम्ममा किनबेच भएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...