मारिया अग्रवाल मेचीनगर, झापाको सूदूरपूर्वी क्षेत्र बाहुँनडाँगीमा १ सय ५० विद्या जग्गामा लगाएको मकै र बर्षे धानबालीमा जंगली हात्तीले क्षति पुर्याएको छ । छिमेकी मुलुक भारतको टुक्रे जङ्गलबाट दैनिक जसो ५० ÷६० वटाको हुल बाँधेर आउँने जङ्गली हात्तीले उक्त क्षति गरेको बाहुनडाँगी प्रकृति समाजका अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
बाहुनडाँगीमा प्रत्येक बर्ष हात्ती नियन्त्रणका लागि भनेर जिल्ला विकास समिति, स्थानीयस्तर र विभिन्न संघसंस्थाको सहयोगमा विभिन्न प्रविधि अपनाउने गरे पनि खासै नियन्त्रण नभएको कार्कीको भनाई छ ।
गतबर्ष मात्र ३० लाख रुपैयाँको लागतमा विद्युतीय घेराबारा निर्माण गरिएको थियो भने त्यसभन्दा अघि पनि सुरुङवार निर्माण, टुङ निर्माण आदि गरिसकिएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...