झापा,÷ विभिन्न राजनीतिक तथा जातीय संगठनहरुले आव्हान गरेको बन्दका कारण आइतबार जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण दिनभर लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन हुन सकेनन् भने उद्योगधन्धा र शैक्षिक संस्था सञ्चालनमा प्रभाव पर्यो । संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी लगायत ४ वटा संगठनले संयुक्त रुपमा आव्हान गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको हो बन्दका कारण जिल्ला प्रमुख सहरहरु काँकरभिट्टा, धुलाबारी, चारआली, चन्द्रगढी, भद्रपुर, विर्तामाड र दमकका बजार पसल आंशिकी रुपमा बन्द भए ।
यातायात बन्द हुँदा नेपाल प्रवेशको पूर्वी काँकरभिट्टा आएका पर्यटकहरु सहजरुपमा गन्तव्यमा पुग्न सकेनन् ।
बन्दकर्ताहरुले पूर्व–पश्चिम राजमार्गका मुख्य सहर र चोकमा अवरोध राखेर सडक अवरुद्ध गराएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बसन्त थापाका अनुसार बन्द शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
पटक–पटकको बन्दले यो सिजनमा उत्पादित तरकारी बजारसम्म पुर्याउन नपाउँदा कृषकहरुले लाखौको क्षति सहनु पर्यो । विक्रीका लागि तयार गरिएको तरकारी कुहिँदा कृषकले सो क्षति व्यहोर्नु परेको हो । असिनाका कारण ठूलो क्षति बेहोरेका कृषकलाई यो बन्दले अझै ठूलो समस्यामा पारेको छ । विशेषगरी बहुनडाँगी, धाइजन, बुधबारे क्षेत्रका कृषकले वर्षेनी व्यवसायिक रुपमा तरकारी खेती गर्ने गरेका छन् । बन्दको प्रभाव सबैभन्दा बढी हुँदा खाने वर्गमा पर्ने गरेको छ ।
यसैबीच, अवैध रुपमा चन्दा असुली रहेका बेला पक्राउ परेका कार्यकर्ता छुटाउन माग गर्दै कुमार लिङ्देनले नेतृत्व गरेको मञ्च सम्वद्ध संघीय लिम्बूवानले घोषणा गरेको बन्दका कारण मेची राजमार्ग पनि ठप्प बनेको छ । बिहीबार इलामको गोलाखर्कबाट पक्राउ गरेका साखेजुङ १ का सम्राट मोक्तान र भीम लोक्तमलाई रिह ागर्न माग गर्दै परिषद्ले बन्दको घोषणा गरेको हो । बन्दका कारण मेची अञ्चलका पहाडी जिल्ला जाने यात्रुहरु विर्तामोड अलपत्र परेका थिए ।
यसैबीच, बन्द खुलेपछि साँझबाट लामो तथा छोटो दुरीका सवारीसाधन सूचारु भएका छन् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...