गरामनी गाविस ९ की १ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानका १८ वर्षीय भुन्टे भन्ने ममताज आलमविरुद्ध ०६८ जेठ २ गते प्रहरीले अदालतमा जबरस्ती करणी मुद्दा दर्ता गरेको छ ।
प्राप्त जानकारी अनुसार आरोपितले घरमा कोही नभएको समयमा ०६८ बैशाख २९ गते दिउँसो १.३० बजे बलात्कार गरेको बालिकाका अभिभावकले बताएका छन् । पीडितलाई यसरी बलात्कार गरेको परिवारजनले वताएका छन् । पीडितको ०६८ जेठ १ गते मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले वताएकोछ ।
त्यस्तै अनारमनी गाविस ३ की १२ वर्षीया अर्की एक बालिकालाई बलत्कार गरेको आरोपमा ०६८ जेठ २ गते सोही गाविस ४ का २३ वर्षीय विष्णु चौधरीलाई प्रहरीले बलात्कार मुद्दा दर्ता गरेको छ ।
चौधरीले सोही स्थानकी ती बालिकालाई ०६८ वैशाख ३० गते पीडितको घरमा गई कोही नभएको समयमा बलात्कार गरेको पीडित परिवारले बताएका छन् । आरोपितहरू दुवैलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।
इन्सेक


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...