निजीक्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले द्रुत गतिको इन्टरनेट शुल्क घटाएको छ । जीएसएम सेवामा पहिलो स्थान हासिल गरेको कम्पनीले डाटा सेवामा ग्राहक बढाउन शुल्क घटाएको हो ।
कम्पनीले ५ सय मेगाबिट डाटा ३ सय ९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । ग्राहकले प्रतिमेगाबिट ८० पैसा तिर्नुपर्नेछ । यसअघि ग्राहकले ५ सय मेगाबिट डाटाका लागि ४ सय ९९ रुपैयाँ तिर्नुपर्थ्यो । कम्पनीले १ हजार मेगाबिटलाई ६ सय ९९ र ५ हजार मेगाबिटलाई १ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । ग्राहकले १ हजार मेगाबिटमा प्रतिमेगाबिट ७० पैसा र ५ हजार मेगाबिटमा ४० रुपैयाँ प्रतिमेगाबिट तिनुपर्नेछ ।
“इन्टरनेट विलासिता नभएर शिक्षा, स्वास्थ्य, सञ्चार र विकासका लागि अभिन्न आवश्यकता भइसकेकोले सुलभ दरमा डाटा सेवा उपलब्ध गराउन पाउँदा हामी खुसी छौं,” कम्पनीका कार्यकारी अधिकृत पासी कोइस्टेननले भने, “ग्राहकलाई समयसापेक्ष नयाँ सेवा दिन कम्पनी कटिबद्ध छ ।”
कम्पनीले सबैभन्दा द्रुत गति र लाइफटाइम भ्यालिडिटीका साथ ३.६ मेगाबिट प्रतिसेकेन्डका दरले देशभर १५ स्थानमा थ्रिजी (थर्ड जनेरेसन) सेवा उपलव्ध गराएको छ । हालै एक बेलायती नागरिकले सगरमाथाको शिखरबाट एनसेलको थ्रिजीमार्फत ट्विट गरेका थिए ।
अहिलेसम्म कम्पनीका करिब १५ लाख जीपीआरएस प्रयोगकर्ता छन् । अब कम्पनीले डाटा सेवालाई जोड दिई ब्रोडब्यान्ड सेवा देशभर पु-याउने तयारी गरेको छ ।
कारोबार


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...