पार्टीको बैठकमै मनाङेले हाने लात्ती र मुक्का

मनाङे पक्राउ, मुक्का खाने थारु अस्पतालमा 
काठमाडौं, ४ जेठ : बैठकमा आफ्नै पार्टीका नेतालाई मुक्का र लात्ती हानेपछि काठमाडौंका डनका रुपमा चिनिएका संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका उपाध्यक्ष दिपक मनाङ्गे पक्राउ परेका छन् । शान्तिनगरस्थित पार्टी कार्यालयमा मंगलबार बैठक चलिरहेको बेला मनाङेले पार्टीका जनसम्पर्क विभाग प्रमुख चन्द्रनारायण थारुलाई मुक्का र लात्ती हानेका थिए ।

 बैठकमा विवाद भएपछि उनले हातपात गरेका हुन् । कुटपिटगरेर कार्यालयबाट निस्किएका मनाङेलाई प्रहरीले गएराती ८ बजे ठमेलबाट पक्राउ गरेको हो । काठमाडौं गेष्टहाउस नजिकैबाट सादान पोशाकका प्रहरीले एक होटलबाट निस्कँदै गर्दा पक्राउ गरेको महानगरीय प्रहरी प्रभाव सोह्रखुट्टेका प्रहरी निरीक्षक शिव सिंहले बताउनुभयो । कुटाईबाट घाइते भएका थारुलाई निजामति कर्मचारी अस्पतालमा भर्ना गरिएको छ । उनको नाक र कोखामा चोट लागेको प्रहरीले जनाएको छ । मनाङेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कार्बाही गर्ने प्रहरीले जनाएको छ । गतबर्षमात्रै जेलबाट रिहा भएका उनले पार्टीको आडमा गुण्डागर्दी गरिरहेको प्रहरीको भनाई छ । 


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...