म सोमबार राति दिपेन्द्र तुम्बापोकै घरमा पाहुना गएको थिए । खाना खाएर एकछिन गफगाफ गरेर १० बजे हामी दुबैजना उनकै कोठामा सुत्यौं । दुबैजना झकाउन मात्र लागेजस्तो लाग्छ, एक्कासी ए निकाल निकाल भनेको आवाज सुनियो । ढोका ढक्ढकाउँदै हतियार बोकेका एक हुल मानिसले ढोका फुटाउँला झैं गरेपछि दिपेन्द्रले ढोका खोले । ढोका खुल्न नपाउँदै उनलाई रड, डण्डा र बन्दुकको कुन्जाले हिर्काउन थालिहाले । मलाई पनि घिसारेर बाहिर आँगनमा ल्याएर भकुर्न थाले । मेरो टाउकोबाट रगत बगेर शरीर नै भिज्यो, लगाएका लुगा रगताम्मे भयो ।
पचास साठी जना सबैको हातमा तरबार, खुकुरी, डण्डा थियो । केहीले एक ठोकिदे गोली ठोकिदे भनेको पनि सुनें । म बेहोसजस्तै भएको थिएँ, तर कुट्न छाडेका थिएनन् । लात्ती र मुक्काले जथाभावी कुट्न थालेपछि म रुन कराउन थाले । मेरो रुवाईले काम गरेन, झनझन उत्तेजित हुँदै उनीहरुले कुटिरहे । दिपेन्द्रलाई पनि मसँगै लडाएर कुटिरहेका थिए । उ पनि चिच्याएर रोईरहेको थियो ।
११ बजे कुट्न सुरु गरेर हामीलाई घिसार्दै र कुटपिट गर्दै १ बजेतिर उनीहरु बस्ने शिविरतर्फ लगे । मलाई गेट नजिक पुर्याएर अस्ती विवाहमा तँ पनि थिईस् होइन भन्दै फेरि घुस्सा हाने । म थिईनँ भनेर भन्दा पनि सुनेनन् । घिसार्दै गेटभित्र छिराएपछि एउटा कोठामा लगेर दिपेन्द्र र मलाई थुनें । हामीसँगै गाउँका अरु दाइहरुलाई पनि त्यही कोठामा देखें । उहाँहरुको अनुहार सुन्निएको थियो, टाउकोमा पनि चोट थियो । मलाई एकजना माओवादीका लडाकु आएर यो अस्पताल हो भन्दै एउटा औषधिको गोली खान दिए, त्यो खाएपछि अलि दुखाइ कम्ती भयो । उनीहरुले नै टाउकोमा पट्टी लगाई दिए । त्यो कोठामा पसेपछि एकअर्कासँग कुराकानी नगर्न भने । बाहिरबाट आउनेले धम्की दिएपनि डाक्टर हौं भन्नेले चाँहि केहीपनि गरेनन् । कोठामा औषधि र उपचारमा प्रयोग गरिने अन्य चिजबिज थिए । मलाई रातभर डर लाग्यो, निदाउन सकिनँ । भोलिपल्ट बिहान साढे एघार बजेतिर आलु, साग, दाल र भात खान दिए । डरले रुची भएन । हामीलाई यहिं थुनेर राख्ने रहेछन भन्ने लाग्दै थियो । आमा भेट्न आउनु भएछ । उहाँले लुगा ल्याइदिनु भएछ । रगतले लत्पतिएको लुगा फेरें । दिउँसो ३ बजेतिर हामीलाई शिविरको पू्र्वपट्टिको गेटमा लगेर छाडिदिए । पछि गाउँ पुग्दा पो थाहा भयो हाम्रा आफन्त, गाउँले, पत्रकार र मानवअधिकावादीलाई चाहिं पश्चिम गेटमा बोलाएर हामीलाई चाँहि पूर्वबाट छाडेछन् । गाउँको विद्यालयमा केहीबेर मिटिङ गरेर हामीलाई उपचार गर्न दमकको अस्पताल पुर्याइयो । मेरो केही दोष नभएर पनि कुटपिट गरे । यो ठिक भएन् । मैले न्याय पाउनु पर्यो ।
(कुमार लुइँटेलसँगको कुराकानीमा आधारित)

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...