दार्जलिङबाट निर्वासित घिसिङ नेपाल आउँदै


पश्चिम बंगाल राज्य विधानसभा निर्वाचनको मौका छोपेर दार्जलिङ पुगेका गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सुवास घिसिङ त्यहाँबाट फर्किएका छन् । दार्जलिङ गोर्खा पार्वत्य परिषदबाट पदच्युत भएको तीन वर्षपछि गत चैत्र २५ गते दार्जलिङ फर्किएका थिए ।


उनी अब आफ्नो पुस्तक लेखनका लागि नेपाल आउने भएका छन् । दोश्रो विश्व युद्वसम्बन्धी आफ्नो पुस्तकको लेखन पूरा गर्न घिसिङ नेपाललगायत म्यानमार भ्रमणमा निस्किएका हुन् । निर्वाचनमा आएको निराशाजनक परिणाम र गोर्खा जनमुक्ति मोर्चाको धम्कीपछि घिसिङले दार्जलिङ छाडेका हुन् । आफ्नो निर्वासनबारे बताउदै घिसिङले भने-’मैले बिमल गुरुङको खातिर दार्जलिङ छोडेको हूँ । अब गुरुङले कसरी स्वतन्त्र गोर्खा राज्यका लागि काम गर्ने छन्, त्यो हेर्नेछु ।’

निर्वाचन परिणामले केहि निराश बनाएको भए पनि अझै आशा मारिनसकेको घिसिङले बताए । ‘म कहिल्यै आशा मार्दिन । नयाँ सरकार गठनपछि हाम्रो मागबारे कुरा राख्नेछौ ।’-उनले थपे ।

हाल अनुसन्धानमा ब्यस्त रहेका घिसिङले आफ्नो पुस्तक लेखन सिध्याएर मात्र दार्जलिङ र्फकने बताएका छन् । घिसिङले भने-’मेरो अनुसन्धान पूरा गर्न भ्रमणमा निस्किएको हूँ ।’ यद्यपी आफ्नो मोर्चाले निर्वाचनमा दार्जलिङका जनताबाट अस्विकृत भई बेहोर्नु परेको असफलताबाट दुःखीत मन बहलाउन उनी भ्रमणमा निस्किएका धेरैले अडकल गरेका छन् ।

निर्वाचन परिणामबाट घिसिङ साँच्चै नै दुःखी भएको बताउँदै मोर्चाका एक उच्च नेताले भने-’चुनाबमा नजिते पनि राम्रै मत ल्याउने उनले हामीलाई पहिल्यै बताएका थिए ।’

घिसिङले छैटौ अनुसुचीको संशोधन मार्फत स्वायत्त परिषद गठनको पक्षमा छनछ् भने उनकै संगठनबाट छुटेका विमल गुरुङ लगायतको गोर्खा जनमुक्ति मोर्चाले स्वतन्त्र गोर्खाल्याण्डको माग गर्दै आएको छ । सन् २००८ मार्च १० मा पदत्युत भएपछि २० वर्षसम्म दार्जलिङमा शासन गरेका घिसिङ जलपैगुडीको पिनटेलस्थित भाडाको घरमा बसिरहेका थिए ।

Via Source:- Onlinekhabar

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...