नेपाली काग्रेसको समायोजनको प्रस्तावमा सहमति असम्भवः उपाध्यक्ष श्रेष्ठ

काठमाडौ, ४ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले नेपाली काग्रेसले प्रस्तुत गरेको सेना समायोजनको प्रस्तावमा सहमति असम्भव रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रकासले काग्रेसको प्रस्ताव अब्यवहारिक र असान्दर्भिक भएको भनि टिप्पणी गर्नुभयो ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उहाँले भन्नुभयो–काग्रेसको प्रस्ताव शान्ति र संविधानको सुनिश्चितताकोलागी आएकै होईन । यो माओवादीलाई धम्क्याउन र लगाउने उद्देश्यले ल्याईएको हो । यो सम्भव छैन ।
उहाँले काग्रेसलाई आफ्नो प्रस्तावमा पुर्नविचार गर्न आग्रह गर्दै उहाँले निहुँ खोजेरमात्र समस्याको समाधान हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
काग्रेसले माओवादी लडाकुको भएका सुरक्षा निकायमा ब्यक्तीगत रुपमा मापदण्ड पुरा गरेपछि समायोजन गर्ने, समायोजनमा जाने लडाकुको संख्या तोक्ने, समायोजनको मोडलिटि तयार पारेर जेठ १० गतेभित्रमा कम्तीमा लडाकुको रिगु्रपिङ गर्ने सम्मको कार्य गरेमात्रै संविधानसभाको म्याद थप्ने विषयमा सहमत हुने प्रस्ताव अगाडि सारेको थियो । प्रकासले काग्रेसले भने जस्तो जेठ १० गतेभित्रमा ती काम कुनै पनि हालतमा सम्भाव नरहेको ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो–काग्रेसले आफ्नो प्रस्तावमा पुर्नविचार गर्नुपर्छ ।
संविधानसभाको म्याद थपको विकल्प नरहेको दावी गर्दै प्रकासले  दलहरुले नेपाली जनतासमक्ष गल्ती गरेकोमा माफी माग्दै शान्ति र संविधान निर्माणको सुनिश्चित आधारसँगै थपिएको समयमा जिम्मेवारी पुरा गर्ने ठोस प्रतिबद्धता ब्यक्त गरेर म्याद थप्नु पर्ने बताउनुभयो । राष्ट्रिय आत्मसमपर्णबादी, यथास्थितिबादी, समायोजन र संविधान विरोधी र जनमत स्विकार नगर्ने प्रबृत्ति नै अहिलेको समस्याको प्रमुख कारक रहेको दावी समेत गर्नुभयो ।
प्रकासले संविधानसभाको म्याद नथपी ताजा जनादेशमा जानु पर्ने प्रस्ताव झुठको खेती भएको ठोकुवा गर्दै यसले मुलुकलाई दुर्घटनामा लैजाने दावी गर्नुभयो ।
उहाँले संविधानसभाको म्याद नथपेर विघठन गर्ने कुरा शान्ति र संविधान विरोधी भएको दावी गर्दै त्यस्ता दलहरु प्रतिगमन र निरकुंश शासन ल्याउने सोच भएको आरोप लगाउनुभयो ।
आफूहरुले तयार पारेको लडाकुहरुको छुट्टै फोर्स बनाउने प्रस्तावमा दलहरुवीच सहमति बन्न नसकेपछि माओवादी नयाँ प्रस्ताव ल्याउने तयारीमा रहेको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले नेपाली सेनाको प्रस्ताव र मिश्रीत  समायोजनलाई आधार मानेर समायोजन र संविधान निर्माणको ठोस प्रस्ताव तत्काल माओवादीले ल्याउने जानकारी दिनुभयो ।
संविधानसभाको म्याद दुई तिहाई पुर्याएर वा निहुँ खोजेर थप्न नहुने भन्दै उहाँले सहमतिमै संविधानसभाको म्याद थपिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– दुई तिहाई बहुमत पुर्याएर संविधान संसोधन गर्नु समाधान होईन । काग्रेस र मधेसवादी दलहरु संविधानसभाको म्याद थप्न तयार हुनु पर्छ र उनीहरु हुन्छन पनि ।
प्रधानमन्त्री झलनाथ खनालको राजिनामा अहिले नआउने स्पष्ट पार्दै उहाँले यद्यपि आफूहरु सबै विषयमा खुल्ला छलफल गर्न भने तयार रहेको बताउनुभयो ।
पार्टीका उपाध्यक्ष डा बाबुराम भट्टराई माथिको आक्रमणको योजना बनाईएको र धम्कि दिएको विषय निन्दनीय भएको भन्दै उहाँले यस घटनाको छानविन गरेर दोषि देखिए हदै सम्मको कारवाही गर्ने चेतावनी दिनुभयो । उहाँले संसदीय दलको नेताबाट अध्यक्ष प्रचण्डलाई फेर्ने तयारी भईरहेको भन्ने हल्लालाई खारेज गर्दै पार्टीभित्र त्यस्तो कुनै प्रस्ताव अहिलेसम्म नआएको स्पष्टपार्नुभयो ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...