काठमाडौ, ५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (जनवादी क्रान्तिकारी) संविधानसभाको म्याद थपिए सो अवधीको तलब भत्ता नदिई सभासदहरुले संविधान लेख्नु पर्ने माग गरेको छ ।
सो पार्टीले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर त्यस्तो नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।
राज्यको पुर्नसंरचना गर्दै हिमाल, पहाड तराईको सन्तुलन मिलाएर कम्तीमा तीन देखि पाँच राज्य बनाउनु पर्ने भन्दै सो पार्टीले प्रदेश निर्माणको आधार जातियता हुन नहुने समेत स्पष्ट पार्यो ।
पत्रकार सम्मेलनमार्फत सो पार्टीले उपेक्षित उत्पीडित जनतालाई अधिकार सम्पन्न गर्न समयमै संविधान निर्माण गर्न जोडदार माग गरेको छ । जनताले दिएको समयसीमा भित्र संविधान निर्माण नगरी म्याद थप्दै आ–आप्mनो पार्टीगत स्वार्थमा जनतालाई लुटिरहेको आरोप लगाउँदै सो पार्टील सभासदहरुले जनताले दिएको जिम्मेवारी पुरा नगरेर भ्रष्टाचार गरेको दावी समेत गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (जनवादी क्रान्तिकारी) ले सात बुँदे असहमती तथा मान्यताहरु अगाडि सार्दै १५ किसिमका आन्दोलनका नारा सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय प्रवक्ता दिवाकर शर्माले पार्टी र नेताहरुको नाममा राष्ट्रको ढुकुटी रित्याउने सभासदहरु भ्रष्ट्राचारी भएको आरोप लगाए । प्रवक्ता शर्माले भने– दलीय स्वार्थमा प्रचण्ड र झलनाथ खनालले गोप्य रुपमा गरिएको सात बुँदे सहमती तत्काल खारेज गरी सर्वदलीय समझदारीमा संविधान निर्माणमा जोडदिनुपर्छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...