माओवादी लडाकुको कुटपिटपछि त्रासमा रहेका इलामको चुलाचुलीका बासिन्दाले सुरक्षाको माग राखेका छन् ।
आज दिउँसो घटनाबारे बुझ्ने पुगेको मानवअधिकारकर्मीहरुको टोलीसमक्ष गाउँलेले अझै त्रास रहेको भन्दै सुरक्षा माग गरेका हुन् ।

नेपाल मानवअधिकार संगठन र इन्सेकका प्रतिनिधिमण्डल गाउँमा पुग्दा पीडितका आफन्तले गाउँमा थप सुरक्षाकर्मीको व्यवस्था मिलाइदिन पहल गर्न आग्रह गरेको संगठनका केन्द्रीय सदस्य डा. केपी सुबेदीले बताउनु भयो ।टोलीले घटनाको विषयमा लडाकुको प्रथम डिभिजन मुख्यालयका सहकमाण्डर रामबहादुर थापा ‘संग्राम’ सँग पनि छलफल गरेको छ ।
यता दमकमा बस्ने तय भएको सर्वपक्षीय छलफल आज पनि हुन नसकेको चुलाचुली गाविसका पूर्वअध्यक्ष ओमनारायण खनालले बताउनु भयो ।
चुलाचुलीमा सुरक्षाकर्मीको टोली घटना भएकै दिनदेखि परिचालित छ । आज जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरिक्षक बिष्णु थापाको नेतृत्वमा जनपद प्रहरीको टोलीले घटनाको विषयमा थप अनुसन्धान गरेको छ ।
यसैबीच लडाकुद्वारा गाउँलेमाथि भएको कुटपिटको विरोध गर्दै लिम्वुवान राज्य परिषदको युवा दस्ता एलभी केन्द्रीय कमाण्डले विज्ञप्ति जारी गरेको छ । केन्द्रीय कमाण्डर फक्ताक्लुङले हस्ताक्षर गरेको सो विज्ञप्तिमा लडाकुको उक्त कार्यको घोर भर्त्सना गरेको जनाइएको छ । पिडितलाई तत्काल क्षतिपूर्तिको मागसमेत विज्ञप्तिमा गरिएको छ ।
७ विस्थापित
माओवादी लडाकुको चुलाचुलीस्थित प्रथम डिभिजनका लडाकुको त्रासका कारण इलाम चुलाचुली गाविस-१ का सात जना सर्वसाधारणहरू विस्थापित भएका छन् ।
यसरी विस्थापित भएकाहरूमा वडा नं. १ का ध्रुव लावती, देवी फागो, ज्ञानु लावती, हरिकुमार फागो, वादल फागो, जेन तुम्वाफो र रोशन फागो रहेका छन् ।
त्यस्तै चुलाचुलीका स्थानियवासिहरू पुनः माओवादी लडाकुले आक्रमण गर्न सक्ने डरले स्थानीय इमाटोलिङ्ग बोर्डिङ्ग स्कूलको चौरमा प्रहरीको निगरानीमा रात काटिरहेको सोही स्थानका तारा फागोले बताएका छन् ।
माओवादी शिविरका लडाकुहरूले ०६८ वैशाख ३० गते राति स्थानीयहरूसँग भएको विवादलाई लिएर ०६८ जेठ २ गते राति हतियारसहित गाउँमा प्रवेश गरी एक दर्जन सर्वसाधारणहरूलाई कुटपिट गरी घाइते बनाउनुका साथै ५ जना सर्वसाधारणहरूलाई अपहरणपश्चात शिविरमा लगेर जेठ ३ गते अपरान्ह रिहा गरेका थिए ।
घाइतेहरूको हाल धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र दमकको दमक अस्पतालमा उपचार भईरहेको छ ।
घाइतेहरू जेठ ४ गते अपरान्ह इलाका प्रहरी कार्यालय दमकमा गई घाऊ जाँच गराउनुका साथै सरकारसमक्ष दोषीलाई कारबाहीको माग गरेका छन् । पीडित मध्येकै छवि लिम्वुले माओवादी लडाकुहरूले नेपाली जनताले तिरेका करबाट तलब खाई नेपाली जनतामाथि नै सांघातिक हमला गरी अन्याय गरेकोले यसको जिम्मेवारी सरकारले लिनु पर्ने बताएका छन् ।
घटनाका पीडितहरूसँग आज इन्सेक झापाका लक्ष्मी निरौला र अर्जुन बस्नेतले भेट गरी अनुगमन गरेका थिए ।

कुमार, इन्सेक

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...