प्रहरीले पक्रियो गाई चोरेर काट्नेलाई


अर्काको गोठमा वाँधेको गाई चोरेर काटेको अभियोगमा झापाको दमकवाट एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
दमक – १२ का टिका बजगाईंको गोठबाट गए राति गाईको बाच्छी चोरेर काटेको अभियोगमा दमक – १२ यमराज शिवालाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न सोही स्थानका सुमन दर्जी, पासाङ तामाङ भने फरार रहेका छन् ।
उनीहरुले दमक-१२ कै सयपत्री टोलमा गाई काटेर मासु वाँडेर खाएको प्रहरीले जानकारी दिएको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...