ओरालो लाग्दैछ नेपाल टेलिकमको स्तर

काठमाडौं  नेपाल टेलिकमको मोबाइल सेवाको गुणस्तर दिन प्रतिदिन खस्किंदै गएको छ । मोबाइल सेवाले राम्रो सेवा दिन नसक्दा ग्राहकहरुले थरिथरिका कठिनाई झेल्दै आएका छन् । लोडसेडिङ्गको मारमा मोबाइल टावरको बैट्री चार्ज नहुंदा सम्पर्क गर्न गा¥हो भएको छ भने ग्राहकहरूले मोबाइलको स्वीच अन गरिरहेकै बेला “मोबाइलको स्वीच अफ गरिएको छ” भनी टेलिकमले गलत सन्देश प्रवाह गर्दा हजारौं उपभोक्ताहरूले हैरानी बेहोर्दै आएको पीडितहरू बताउंछन् ।
नेपाल टेलिकमका कर्मचारीहरू निजी मोबाइल कम्पनीहरूसँग महिनाबारी भत्ता बुझी गैर कानूनी र उपभोक्तालाई ठग्ने हर्कत गर्दै आएको श्रोतको दावी छ । नेपाल दूरसंचार कम्पनी, प्राधिकरण र त्यसमा आवद्ध कमिशन खोरको क्रियाकलापले नमस्ते प्रिपेड र पोष्टपेड दुवैका ग्राहकहरू चिन्तित बनेका छन् । हालै मात्र मोबाइलको स्वीच अफ नभएको बेला “अफ भनी” टेलिकमले सन्देश ंिददा ताहाचलमा लोग्ने र स्वास्नीबीच ठूलो झगडा भएको छ । यस्तो हुन नदिन टेलिकमले आफ्नो मशिनमा सुधार र भ्रष्ट कर्मचारीको छानविन गरी दोषीमाथि कारवाही गर्नु पर्ने उपभोक्ताहरुको माग छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...