आत्मराम राजवंशी/ झापा चैत २७
टेलिकमको कालो सूचीमा सत्तारुढ एमाले, माओवादीलगायत विगतमा पटक पटक सत्तामा पुगेको कांग्रेस, नेकपा मालो र राप्रपा पनि छन् । टेलिकमले बक्यौता असुलीका लागि धेरैपटक ताकेता गर्दा समेत दलहरुले महसुल तिरेर आफ्नो नाम कालो सूचीबाट हटाएका छैनन् ।
समाचार स्रोत झापाबाट प्रकाशित हुने जनसंसद दैनिक
प्रमुख राजनीतिक दल र तिनका भातृ संगठनहरु नै टेलिफोनको महसुल नतिरेका कारण कालो सुचीमा परेका छन् ।
झापामा नेपाल टेलिकमले तयार पारेको कालो सूचीमा मुख्य दलहरु अग्रपंक्तिमा पाइएको छ । टेलिकमले लाइन काटेर कालो सूचीमा राखे पनि दलहरुको बक्यौता भने अझसम्म असुलन सकेको छैन । जिल्ला प्रमुख शहरहरु विर्तामोड, दमक, भद्रपुर र काँकडभिट्टामा गरिएको खोजबाट दलहरुले टेलिकमलाई लाखौं रुपैया बक्यौता नतिरेको तथ्य फेला परेको हो ।
टेलिकमको कालो सूचीमा सत्तारुढ एमाले, माओवादीलगायत विगतमा पटक पटक सत्तामा पुगेको कांग्रेस, नेकपा मालो र राप्रपा पनि छन् । टेलिकमले बक्यौता असुलीका लागि धेरैपटक ताकेता गर्दा समेत दलहरुले महसुल तिरेर आफ्नो नाम कालो सूचीबाट हटाएका छैनन् ।२०६४ सालमा नेकपा माले दमक नगर कमिटीको नाममा प्रयोग गरिएको ५८०९४५ नम्बरको ल्याण्डलाइन टेलिफोनको बक्यौता २२ हजार ५ सय रुपैयाँ पुगेको छ । टेलिकमले मालेलार्य कालो सूचीमा चढाएर लाइन काटेको छ ।
गौरादहको राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा रहेको ५२९७०२ नम्बरको फोनको बक्यौता ८९ हजार ३ सय रहेको छ भने सोही पार्टीकै पथरी गाउँ समितिले प्रयोग गरेको ५५५१२८ नम्बरको फोनको बक्यौता ३३ हजार १ सय ९७ रुपैया छ । टेलिकमले राप्रपालाई पनि कालो सूचीमा रखेर दुवै फोनको लाइन काटेको छ ।
अहिले सत्तामा रहेको एमाले पनि टेलिकमको कालो सूचीमा छ । सो पार्टीको खजुरगाछी गाउँ कमिटिले प्रयोग गर्दै आएको ५२९८४० नम्बरको फोनेको बक्यौता २४ हजार ९ सय ३८ रुपैयाँ रहेको छ ।
माथि उल्लेखित कालो सूचीका टेलिफोनहरु दमक टेलिकमबाट वितरण भएका थिए । दलहरुले विर्तामोड र भद्रपुर टेलिकमबाट लगेका फोनको बक्यौता अवस्था पनि उस्तै छ ।
एकीकृत माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीको नाममा भदैपुर दर्ता रहेको ४५६३४९ को बक्यौता रकम २२ हजार १ सय ९१ रुपैयाँ रहेको छ । भद्रपुरमै माओवादी पार्टीले प्रयोग गरेको ५२२३७९ नम्बरको टेलिफोनको बक्यौता १३ हजार ५५ रुपैयाँ छ । बारम्बार ताकेता गर्दा अटेर गरेपछि टेलिकमले दुवै लाइन काटेर पार्टीलाई नै कालो सूचीमा राखेको छ ।
भद्रपुरमा नेपाली कांग्रेस क्षेत्रीय समिति पनि कालो सूचीमा चढेको छ । उसले प्रयोग गर्दै आइरहेको ५२१०२५ नम्बरको बक्यौता १ हजार १ सय ९९ रुपैयाँ छ ।
बक्यौता नबुझाएर कालो सूचीमा भुटानी रानीतिक दलहका प्रवासस्थित कार्यालय र शरणर्थी विभाग हेर्नृ जिम्मेवारी पाएका सरकारी निकाय पनि परेका छन् । भूटान पिपुल्प पार्टिको नाममा दर्ता हरेको टेलिफोनेका बक्यौता २०६५ सालमै १ लाख ४० हजार रुपैया र नेशला डेमोक्रेटिक पार्टीको नाममा दर्ता रहेको फोनेको १ लाख १३ हजार रुपैयाँ पुगको थियो । दुव्ै फोनेको बक्यौता असुली हुन नसकेपछि टेलिकमले लाईन काटेर कालो सूचीमा राखेको छ ।
गृहमन्त्रालय अन्तरगतको शरणार्थी समन्वय इकाई दमक र पथरी तथा संयुक्त प्रमाणिकरण इकाई दमकको नाममा रहेका ५५५१५९, ५८१७८१, ५८१७८२,५८१७२३,५८१५५२ नम्बरको टेलिफोनको बक्यौता ५ लाख ९१ हजार ८ सय रुपैयाँ रहेको छ ।
समाचार स्रोत झापाबाट प्रकाशित हुने जनसंसद दैनिक

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...