सञ्जिव चापागाई झापा,चैत्र २८ । दैनिक चर्को रुपमा भइरहेको लोडसेडीङ्गले चरम मारमा परेका सर्वसाधारण विरोध प्रदर्शन र वन्दमा उत्रेका छन । दैनिक २० घण्टाको हाराहारीमा भइरहेको लोडसेडिङ्गको विरुद्धमा आज झापाका विभिन्न स्थानमा व्यावसायी तथा सर्वसाधारण आन्दोलनमा उत्रिएका हुन ।
झापाको धुलावारी, काकरभिट्टा, वुधवारे लगायतका स्थानमा स्थानीय संघ संस्था, व्यावसायिक प्रतिष्ठान, धार्मिक संघ सस्ंथा तथा स्थानीय सर्वसाधारणले चर्को लोडसेडीङ्गको विरोध गर्दै आज प्रदर्शन गरेका छन । धुलावारी र वुधवारेमा भने विहान केहि समय यातायात सेवा समेत वन्द गरीएको थियो ।
![]() |
| लोडसेडिङको विरुद्ध काँकडभिट्टामा स्वतस्फूर्त रुपमा सडकमा उत्रेका सर्वसाधारण । तस्विर मेचीनगर झापाली फेसबुक समूह |
तीनघन्टे बिजुली हामीलाई चाहिँदैन, सेडुलमा बत्ती काट्न पाइँदैन’ भन्ने नाराका साथ आज धुलाबारी बजारमा विरोध जुलुस प्रदर्शन गरिएको छ । विरोध कार्यक्रम अनुसार विहान साढे ९ बजेदेखि ११ बजेसम्म जुलुश सहितको प्रदर्शन गरीनुका साथै यातायात समेत वन्द गरिएको छ । वजार भने दिनभर जसोनै स्व स्फुर्त वन्द रह्यो । सयौको संख्यामा उपस्थित अक्रोसीत भिडले चर्को नारजुलुस सहित लोड सेडिङ्ग अन्यत्य गर्न सरकार समक्ष माग गरेका छन । उक्त जुलुस नेपाल विद्युत् प्राधिकरण प्रशाखा धुलाबारी कार्यालयसम्म पुगी विरोध जनाएर कार्यालय बन्द गराएपछि धुलाबारी मोडमा आई कोणसभाको आयोजना गरिएको थियो ।
उत काकरभिट्टमा पनि सयौको संख्यामा उपस्थित सर्वसाधारणले आज विहान नारावाजी गर्दै विधुत प्रधिकरणमा धर्ना दिएका छन ।दैनीक चर्को रुपमा भइरहेको लोडसेडीङ्गका कारण सञ्चारमाध्यम तथा औधोगीक क्षेत्र संकटमा परेका छन भने सर्वसाधरण पनि त्यसको प्रत्यक्ष मारमा परेका छन ।पुर्वमा दैनिक १६ घण्टा विधुत आपुर्ती वन्द हुने भनिएपनि अहिले दैनिक २० घण्टाको हाराहारीमा लोडसेडीग भइरहेको छ ।
भारतका दुई सर्किटवाट ६५ मोघावट र राष्ट्रिय प्रसारण वाट पुवाञ्चलका लागि १० मोघावट विधुत आपुर्ती हुदै आएकोमा भारतवाट विजुली ल्याइदै आएको एउटा सर्किट मर्मत गर्नुपर्ने भन्दै वन्द गरेपछी पुर्वमा चर्को लोडसेडीङ भइरहेको हो ।



No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...