टीकाराम उप्रेती/दमक
इलाम -बाझो/, चैत १६ गते । सुरु भएको बीसौ वर्षसम्म निर्माण पूरा नभएपछि दमक रवि चिसापानी सडकको लागत पाच गुणाले बढेको छ ।
झापाको दमक नगरपालिकादेखि ताप्लेजुङको ओलाञ्चुङ्गोलाबाट तिब्बत जोड्ने द्रुत मार्गका रूपमा विकास गर्ने उद्देश्यले दमक रवि चिसापानी सडकलाई लिइएको थियो । सोही योजनाअन्तर्गत दमकदेखि पाचथर जिल्लाको रवि चिसापानी ४७ किलोमिटर सडक निर्माण सुरु गरिएको हो ।

सरकारले तत्काल आवश्यक बजेट विनियोजन नगर्दा थोरै थोरै बजेटबाट काम गर्नुपर्दा लागत बढ्दै गएको प्राविधिकको भनाइ छ । सडकको निर्माणका लागि जति लामो समय लाग्छ त्यति नै मूल्यवृद्धि हुादै जानाले लागत पनि बढ्ने गरेको हो । उक्त सडक निर्माण क्षेत्र इलाम तथा झापाको भू-भागमा छ ।
यसरी दुई जिल्लामा भएका कारण उक्त सडक निर्माणमा जिम्मेवारी पनि पटक पटक परिवर्तन हुने गरेको छ । कहिले झापा र कहिले इलाम जिल्लामा जिम्मेवारी आउनाले काममा अन्योल हुने गरेको दमक रवि चिसापानी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेश सुब्बाको भनाइ छ ।
जिल्लाको जिम्मेवारी परिवर्तन भएपछि दुईपटकसम्म एउटै स्थानमा फरकफर ट्रयाकसमेत खनिएको थियो । एउटा जिविसले अर्कातिरबाट सर्भे गरेर काम गर्न थालेपछि अर्को जिविसको जिम्मेवारी आउनासाथ सो परिवर्तन भई लागत बढेको छ । पुरानो काम गरिरहेको जिविसमार्फत नै जिम्मेवारी भएमा निर्माण द्रुत गतिमा हुने सुब्बाको सुझाव छ ।
निर्माण सुरु भएको २० वर्ष बितिसक्दा पनि दमकको बेलडाागीदेखि ११ दशमलव पााच किलोमिटर क्षेत्रमा अहिलेसम्म ट्रयाक खोल्ने काम समेत पूरा भएको छैन । सडक निर्माण पूरा नभएपछि उक्त क्षेत्रमा रतुवा खोलाबाट नै जोखिम मोलेर यातायात सञ्चालान हादै आएका छन् । सडक निर्माणमा संलग्न इन्जिनियर दाहालका अनुसार ट्रयाकबाट यातायात सञ्चालनका लागि पनि रतुवामा खोलामा एउटा ठूलो पक्की पुल चारवटा साना पुल तथा विभिन्न क्षेत्रमा गरी ५१ वटा कल्भट निर्माण गर्नुपर्ने आवश्यक देखिएको छ । यति निर्माण हुन सक्यो भने मात्र ट्रयाक सफा गरेर यातायात सञ्चालन गर्न सकिने छ । इलामको बााझो गाविस-२ मा रतुवा खोलामा २५ मटिर लामो ४ दशमलव २५ मिटर लम्बाइ भएको पक्की पुल निर्माण कार्य धमाधम भइरहेको छ । उक्त पुल आगामी आर्थिक वर्षभित्रमा सक्ने लक्ष रहेको समितिको भनाइ छ ।
नेपाल सरकारको रातो किताबमा समेत परेको यो सडक निर्माणमा हालसम्म १० करोड रुपियाा खर्च भइसकेको छ । जसमध्ये जिविस, स्थानीय गाविस र उभोक्ताको जनश्रमदानबाट मात्र ४० लाख रुपियाा खर्च भइसकेको छ । यति ठूलो रकम खर्च भइसक्दा पनि सडकमा ट्रयाक खोल्ने काम समेत पूरा नहुादा सडक पूरा हुने कुरामा शङ्का उठ्न थालेको छ । रतुवा खोलाबाहेक बााझो गाविसको धर्ती दोभानदेखि २७ किलोमिटर दूरीसमेत धूलो सडक नै छ । उक्त सडक निर्माण सम्पन्न भएमा हालको झापा, पााचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्गभन्दा ८० किलोमिटर दूरी छोटो हुनेछ भने राजमार्गबाट मेची अञ्चलका पहाडी जिल्लाका लाखौा सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् ।
@ Gorkhapatra

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...