हरेक विहान ५ बजे उठ्नैपर्छ । हतारहतार गरेर खाना पकाउन शुरु गरिहाल्नु पर्छ ।
दमक ११ निवासी अन्जु तिम्सिनालाई सँधै हतारो नै हुन्छ । यो हतारो कुनै घाँस गोवर गर्न होइन, कुनै जागिरमा जानको लागि पनि होइन । यो हतारो हो, घर नजिकै रहेको आफ्नै ग्यारेज खोल्न र बिग्रेका मोटर साईकलहरु बनाउनलाई ।
अव उनलाई हँसिया बोकेर घाँस काट्न गएको सम्झना धेरै छैन । किन भने घाँस काट्ने हातले केही बर्षदेखि मोटर साईकल बनाउने रेन्चहरु पक्रन थालेका छन् ।
महिलाहरुले घरधन्दा र घाँस दाउरामात्र बढि गर्नु पर्ने बाध्यतालाई दमक वडा नं. ११ को मूल वजारमा मोटर साईकल ग्यारेज खोलेर बसेकी अन्जु देवी तिम्सिनाले महिलाहरुबीच एउटा उदाहरणीय कार्य गरेर देखाएकी छिन् ।
दमक नगर क्षेत्रमा वि. सं. २०५७ सालदेखि आफ्नो श्रीमान् चिन्तामणी तिम्सिनाले चलाउँदै आएको व्यवसाय मोटर साईकल ग्यारेजले अन्जुलाई विस्तारै विस्तारै मोटर साईकल मर्मततर्फ आकर्षित गर्दै ल्यायो ।
२०६१ सालबाट आफ्नै ग्यारेजमा काम सिक्न थालेकी अन्जुले श्रीमानको सहयोगबाट मोटरसाईकल मर्मत गर्न सिकेकी अनुभव सुनाउँछिन् । हुन त ग्यारेज श्रीमानले खोल्नु भएको हो तर अहिले मेरै जिम्मा छ । आफैले केही समय अगाडिबाट आफ्ना दोकानमा रहेका ३ जना स्टाफलाई बाईक मर्मत गर्न सिकाएको बताउँछिन् ।
नेपाल अटो मेकानिक संघका सहसचिव रहेका आफ्नो श्रीमानले हाल आएर धेरै काम आफैंलाई जिम्मा दिने गरेका छन् । बाइक सर्भिसिङ्ग, पञ्चर, सामान फेर्ने जस्ता कार्य गर्न शिपालु भई सकेकी अन्जुको दुइ छोरा अचित र अनुप दिनको बोर्डर्समा पढ्दैछन् । विहानको खाना बनाएर खुवाएपछि उनको दिन बाईक मर्मत र सर्भिसिङ्गमा नै वित्छ ।
एसी मोटर साईकल ग्यारेज नाम राखी चिन्तामणी तिम्सिनाले ग्यारेज खोलेको दमकमा १ दशक वितिसकेको छ । कैलालीको धनगढी नगरपालिकामा कृष्णचन्द्र अटो वर्कसपमा २०५२ सालबाट काम गरेको अनुभव रहेको उनी बताउँछन् । केही बर्षदेखि श्रीमतिले नै धेरै काममा सहयोग पुर्याउन थालेपछि कति दिन आफू बाहिर हिड्दा पनि दोकान चलिरहेको उनको भनाई छ । हाल आएर श्रीमान श्रीमती मिलेर मासिक ६० देखि ७० हजार रुपैयाँ रकम सहजै कमाई हुने गरेको उनी बताउँछन्। मोटरसाईकल बनाएर तिम्सना जोडीले दमक ११ मा हाल पक्की घर बनाउँदैछन् । रोजगारीको अभावमा विदेश गएर महिला अस्मितामाथि नै खतरा रहेको महिला बैदेशिक रोजगारीलाई अन्जुले स्वदेशमा नै खुशी साथ श्रीमान् र बालबच्चासँग बसेर मनग्गे आम्दान गरेको अन्य महिलाहरुको लागि उदारहण बनेको छ ।नेपाल अटो मेकानिक संघ दमक नगरका अध्यक्ष सुमन सेढाईंले अन्जु नगरकै पहिलो मोटर साईकल मेकानिक महिला त अवश्य हुन् तर झापा जिल्लामा मै पनि उनी पहिलो महिला हुन सक्ने अनुमान गरेका छन् । सेढाईंका अनुसार वर्कसप व्यवसाय महिलाले चाहँदा र सिक्दा सकिने सहज र आम्दानीको दृष्टिकोणमा राम्रो व्यवसाय भएको दावी रहेको छ । अझ पढेका महिलालाई त यो व्यवसायले धेरै सहज र लाभदायिक बन्न सक्ने उनको भनाई छ । शुरुमा चिया दोकानबाट जीविकोपार्जन शुरु गरेकी महिला अन्जुले नगर क्षेत्रका अन्य महिलाहरुको लागि उदाहरण बन्न सक्ने सेढाईंले जानकारी दिएका छन् ।
हाल दमक क्षेत्रमा संचालित २ दर्जनको हाराहारीमा रहेका वर्कसपहरुमा पछिल्लो पटक बढ्दै गएकोको महँगी र मर्मत तथा पार्ट्स वितरणको रेटमा एकरुपता नभएकोले वर्कसप व्यवसायलाई व्यवस्थापन गर्न गाह्रो परिरहेको संघले जानकारी दिएको छ । संघ अध्यक्ष सेढाईंका अनुसार चाँडै व्यवसायीलाई प्रमाण पत्र र दररेट वितरण गरी नगर क्षेत्रमा वर्कसप व्यवसायलाई व्यवस्थित बनाउने बताइएको छ । यस व्यवसायमा अन्जु जस्तै अन्य महिलाहरु पनि उत्पादन गर्ने मेकानिक संघको लक्ष्य रहेको संघले बताएको छ ।
दमक ११ निवासी अन्जु तिम्सिनालाई सँधै हतारो नै हुन्छ । यो हतारो कुनै घाँस गोवर गर्न होइन, कुनै जागिरमा जानको लागि पनि होइन । यो हतारो हो, घर नजिकै रहेको आफ्नै ग्यारेज खोल्न र बिग्रेका मोटर साईकलहरु बनाउनलाई ।
अव उनलाई हँसिया बोकेर घाँस काट्न गएको सम्झना धेरै छैन । किन भने घाँस काट्ने हातले केही बर्षदेखि मोटर साईकल बनाउने रेन्चहरु पक्रन थालेका छन् ।महिलाहरुले घरधन्दा र घाँस दाउरामात्र बढि गर्नु पर्ने बाध्यतालाई दमक वडा नं. ११ को मूल वजारमा मोटर साईकल ग्यारेज खोलेर बसेकी अन्जु देवी तिम्सिनाले महिलाहरुबीच एउटा उदाहरणीय कार्य गरेर देखाएकी छिन् ।
दमक नगर क्षेत्रमा वि. सं. २०५७ सालदेखि आफ्नो श्रीमान् चिन्तामणी तिम्सिनाले चलाउँदै आएको व्यवसाय मोटर साईकल ग्यारेजले अन्जुलाई विस्तारै विस्तारै मोटर साईकल मर्मततर्फ आकर्षित गर्दै ल्यायो ।
२०६१ सालबाट आफ्नै ग्यारेजमा काम सिक्न थालेकी अन्जुले श्रीमानको सहयोगबाट मोटरसाईकल मर्मत गर्न सिकेकी अनुभव सुनाउँछिन् । हुन त ग्यारेज श्रीमानले खोल्नु भएको हो तर अहिले मेरै जिम्मा छ । आफैले केही समय अगाडिबाट आफ्ना दोकानमा रहेका ३ जना स्टाफलाई बाईक मर्मत गर्न सिकाएको बताउँछिन् ।
नेपाल अटो मेकानिक संघका सहसचिव रहेका आफ्नो श्रीमानले हाल आएर धेरै काम आफैंलाई जिम्मा दिने गरेका छन् । बाइक सर्भिसिङ्ग, पञ्चर, सामान फेर्ने जस्ता कार्य गर्न शिपालु भई सकेकी अन्जुको दुइ छोरा अचित र अनुप दिनको बोर्डर्समा पढ्दैछन् । विहानको खाना बनाएर खुवाएपछि उनको दिन बाईक मर्मत र सर्भिसिङ्गमा नै वित्छ ।
एसी मोटर साईकल ग्यारेज नाम राखी चिन्तामणी तिम्सिनाले ग्यारेज खोलेको दमकमा १ दशक वितिसकेको छ । कैलालीको धनगढी नगरपालिकामा कृष्णचन्द्र अटो वर्कसपमा २०५२ सालबाट काम गरेको अनुभव रहेको उनी बताउँछन् । केही बर्षदेखि श्रीमतिले नै धेरै काममा सहयोग पुर्याउन थालेपछि कति दिन आफू बाहिर हिड्दा पनि दोकान चलिरहेको उनको भनाई छ । हाल आएर श्रीमान श्रीमती मिलेर मासिक ६० देखि ७० हजार रुपैयाँ रकम सहजै कमाई हुने गरेको उनी बताउँछन्। मोटरसाईकल बनाएर तिम्सना जोडीले दमक ११ मा हाल पक्की घर बनाउँदैछन् । रोजगारीको अभावमा विदेश गएर महिला अस्मितामाथि नै खतरा रहेको महिला बैदेशिक रोजगारीलाई अन्जुले स्वदेशमा नै खुशी साथ श्रीमान् र बालबच्चासँग बसेर मनग्गे आम्दान गरेको अन्य महिलाहरुको लागि उदारहण बनेको छ ।नेपाल अटो मेकानिक संघ दमक नगरका अध्यक्ष सुमन सेढाईंले अन्जु नगरकै पहिलो मोटर साईकल मेकानिक महिला त अवश्य हुन् तर झापा जिल्लामा मै पनि उनी पहिलो महिला हुन सक्ने अनुमान गरेका छन् । सेढाईंका अनुसार वर्कसप व्यवसाय महिलाले चाहँदा र सिक्दा सकिने सहज र आम्दानीको दृष्टिकोणमा राम्रो व्यवसाय भएको दावी रहेको छ । अझ पढेका महिलालाई त यो व्यवसायले धेरै सहज र लाभदायिक बन्न सक्ने उनको भनाई छ । शुरुमा चिया दोकानबाट जीविकोपार्जन शुरु गरेकी महिला अन्जुले नगर क्षेत्रका अन्य महिलाहरुको लागि उदाहरण बन्न सक्ने सेढाईंले जानकारी दिएका छन् ।
हाल दमक क्षेत्रमा संचालित २ दर्जनको हाराहारीमा रहेका वर्कसपहरुमा पछिल्लो पटक बढ्दै गएकोको महँगी र मर्मत तथा पार्ट्स वितरणको रेटमा एकरुपता नभएकोले वर्कसप व्यवसायलाई व्यवस्थापन गर्न गाह्रो परिरहेको संघले जानकारी दिएको छ । संघ अध्यक्ष सेढाईंका अनुसार चाँडै व्यवसायीलाई प्रमाण पत्र र दररेट वितरण गरी नगर क्षेत्रमा वर्कसप व्यवसायलाई व्यवस्थित बनाउने बताइएको छ । यस व्यवसायमा अन्जु जस्तै अन्य महिलाहरु पनि उत्पादन गर्ने मेकानिक संघको लक्ष्य रहेको संघले बताएको छ ।
@ Purbeli Times

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...