झापा,चैत्र २७ । कर्मचारीको लापरवाहीले सेवा अनियमितता भएको भन्दै झापा बुधवारेका सर्वसाधारणले आज त्यहाका तिन वटा संस्थामा तालावन्दी गरेका छन् ।
करिव २ सयको हाराहारीमा निस्किएका सर्वसाधारणले विद्युत प्राधिकरण, साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति र नेपाल टेलिकमको बुधवारे साखामा तालावन्दि गरेका हुन् ।
तालावन्दि बुधवारे प्रहरी चौकीमा बसेको सर्वपक्षिय छलफल पछि सहमतिमा खोलिएको थियो । छलफलमा प्रहरी प्रशासन, संस्थाका प्रतिनिधि ,सर्वसाधारण र राजनितीक दलका प्रतिनिधीको सहभागीता थियो ।
छलफलमा विद्युत आउने समयमा विद्युत आपूर्ति सुचारु गर्ने विद्युत प्राधिकरण बुधवारेका इन्चार्ज मनोज चौधरीले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने खानेपानीका अध्यक्ष नेत्र गौतमले अवको ७ दिन भित्र जेनेजेटर ल्याएर बुधवारे क्षेत्रमा खानेपानीको आपूर्ति सहज वनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
त्यस्तै नेपाल टेलिकमले पनि त्यस क्षेत्रमा जेनेनेटरको प्रयोग गर्ने बताइएको छ ।छलफलमा रमेशकुमार भुजेल, लिला ढकाल , मनोरथ तिवारी , तुलसीराम विमली ,पुन्य पौडेल लगायतको उपस्थिति थियो ।सर्वसाधारणले आजको तालावन्दिलाई सामान्य रुपमा लिएर समस्या समाधान नगरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...