देबु बानिया, बुधवारे, चैत २३ ।
भारतको युकेएफसी कसियाङ प्रथम सहिद स्मृति नकआउट फुटवल च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
झापाको बुधवारेमा जारी प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा उर्लावारी फुटवल कल्व मोरङलाई चार दुईले हराउँदै कसियाङ सेमीफाइनमा पुगेको हो ।
टिमलाई जित दिलाउन विलम प्रधान २ र रिग्देन लामाले एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार प्राप्त भएको छ ।
पराजित टिमका विकास राई र सुवास लिम्बुले एक एक गोल गरेका थिए । अव कसियाङले सेमीफाइनमा आयोजक ११ सँग प्रतिस्पर्धा गर्नेछ।
मञ्च संम्बद्ध संघिय लिम्बुवान राज्य परिषद् झापाले आयोजना गरेको खेलमा भोली विर्तामोड युथ कल्व विर्तामोड र राष्टिय जागृति कल्व सुनसरी आम्नेसाम्ने हुनेछन् ।
समाजसेवी रमेश भुजेल प्रायोजक र गोर्खा ब्रुअरीको सानमिगल वियर तथा समाजसेवी कुमार श्रेष्ठ सहप्रायोजक रहेको खेलको विजेताले ट्फी सहित नगद एक लाख र उपविजेताले ट्फी सहित नगद ५० हजार पाउने खेल संयोजक नगेन राईले जानकारी दिनुभयो।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...