भद्रपुरमा डाँकाद्वारा लुटपाट


सञ्जीप चापागाई
विधुत आपुर्ती नभएको अवस्थामा झापाको भद्रपुर स्थित स्थानीय एक व्यापारीको घरवाट गएराति हतियारधारी डाँकाहरूको समूहले लाखौ रुपैयाको धनमाल लुटपाट गरेका छन ।
भद्रपुर–४ स्थित स्थानीय व्यपारी जयप्रकाश अग्रवालको घरमा एक दर्जन वढीको सङ्ख्यामा आएको नकावधारी  समूहले नगद करिब पाँचलाखसहित सुन तथा हिराका गरगहना र बहुमूल्य सामानसमेत गरी १५ लाख रुपैया बराबरको सम्पत्ति लुटेर लगेका हुन ।
डाँकाहरूले राति ११ बजे घरमा प्रवेश गर्नेक्रममा चौकीदार कृष्णध्वज तामाङलाई आक्रमण गर्दै उनलाई नियन्त्रनमा लिएका थिए । लुटपाटका क्रममा उनीहरूले घरका सामानहरू पनि तोडफोड गरेका छन ।
जयप्रकाश हाल व्यापारिक कामले काठमाडौँ गएका छन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्तकुमार थापाको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घरमा रहेकी प्रेमलतालाई थुनेका कारण छिमेकी र प्रहरीले विहान मात्रै थाहा भएका थिए । घटनास्थल भद्रपुर प्रहरी चौकी भन्द एक किलोमिटर कम दुरीमा रहेको छ भने जिल्ला प्रहरी कार्यालय भन्दा दुइ किलोमिटर टाढा रहेको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...