बिष्णुप्रसाद पोखरेल
दमक
बैशाख १ गते
आवाज बिहीनहरुको आवाजलाइ निती निर्माण तहसम्म पुर् याउने काम संचार माध्यमहरुले गर्ने भएकाले संचार माध्यमहरुप्रतिको बिश्वास जनतामा बडदै गएको स्थानिय राजनैतिक दलका अगुवाहरुले बताएका छन ।
उनीहरुले कुनै पनि बहानामा यहाँका संचारकर्मी र संचार संस्थाहरुमा आक्रमण नगर्ने र कसैले गरेमा त्यसको प्रतिबादमा उत्रने प्रतिबद्धता पनि जनाएका छन ।
सप्तरङ्गी एफ।एम।चौधो बर्ष पुरा गरी पाँचौ बर्षम्ामा प्रवेश गरेको अवसरमा बिहिबार सप्तरङ्गी एफ.एम.ले आयोजना गरेको छलफलमा सहभागीहरुले यस्तो बताएका हुन ।
एकिकृत नेकपा मावोबादीका दमक नगर सचिब नरहरी दाहालले राजनैतिक दलहरु भन्दा बढी शक्तिशाली संचार माध्यम नै भएको र आवाज बिहिनको आवाज बोलीदिने भएकाले स्थानिय संचार माध्यमहरु प्रति जन बिश्वास बडेको बताउनु भयो ।
आफ्नो पार्टीले नगरमा कहिल्यै पनि संचारकर्मि र संचार माध्यमहरुलाइ कुनै पनि प्रकारको दबाब नदिएको बताउदै स्वतन्त्रता पुर्वका संचारमाध्यमले काम गर्न पाउने अधिकारका लागि आफ्नो तहबाट सबै प्रकारको सहयोग रहने समेत प्रतिबद्धता जनाउनु भयो ।नेपाली काँग्रेसका दमक नगर सभापती ढुण्डिराज भण्डारीले स्थानिय संचारमाध्यमको बिकासले स्थानिय क्षेत्रको पनि बिकास भएको चर्चा गर्दै राजनैतिक दलको ध्यान नगएको बिषयबस्तुहरुमा समेत सुचना दिने र त्यसबाट थाहा पाएर राजनैतिक दलको आँखा खुल्ने गरेको भन्दै यसको बिकासमा सबैको सहयोग जरुरी भएको पनि बताउनु भयो ।
आफ्नो दलले पनि नगरमा कुनै पनि संचारकर्मी र संचारसंस्थाहरु माथि हुने दबाब तथा आक्रमणको बिरुद्ध लाग्ने बताउदै काँग्रेसमा आबद्ध कसैले त्यस्तो गरेमा तत्काल कार्बाहि गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।
माच सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदका नगर अध्यक्ष देउकुमार नेम्बाङले यहाँ रहेका आदिबासी जनजातीका सवालमा र पछाडी पारीएका समुदायको चेतनास्तर उकास्न यहिका संचार माध्यमको महत्वपुर्ण भुमिका हुने बताउनु भयो ।
नगरमा लिम्बुवानका कुनै पनि तहका नेता कार्यकर्ता तथा एल।भी।हरुले संचारकर्मि र संचार संस्थामाथि कुनियत राखेमा तत्काल कार्बाहि गर्न जन समक्ष सार्बजानीक गर्न आफु तयार रहेको प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो ।
एफ.एम. सामुदायीक बिभाग प्रमुख बिष्णुप्रसाद पोखरेले सहजीकरण गर्नू भएको कार्यक्रममा नेकपा एमाले दमक नगरका चापागाँइले स्थानीय जन सरोकारका बिषयलाई स्थानिय संचारमाध्यमले प्राथामिकता दिनु पर्ने जनाउनु भयो ।

एफ.एम.ले पाँचौ बार्षिकोत्सबको अवसर पारेर बुधबारबाट राजनितीकर्मीपेशाकर्मि र समाजका सबै तह र तप्काका नागरीकहरु संग एक साता सम्म छलफल गर्ने र बैशाख ८ गते सरस्वती माबिको प्राङ्गणमा भब्य औपचारीक कार्यक्रम गरी बार्षिकोत्सबको समापन गर्ने छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...