संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चसंग आवद्ध संघिय लिम्वुवान राज्य परिषद कुमार लिङदेन समुहका सदस्यहरुले ११ दिन देखि एक महिलालाई बेपत्ता वनाएका छन् । २०६७ साल माघ १९ गते बेलुकी १० बजे देखि बेपत्ता वनाइएकी उक्त महिलाको अवस्था हालसम्म अज्ञात रहेको छ ।
२०६७ माघ १९ गते बेलुकी संघिय लिम्वुवान राज्य परिषद कुमार लिङदेन समुहको महासचिव खगेन्द्र माखीमको सल्लाहमा बेलुकी ८ बजे काठमाडौं महानगरपालिका वडा नं ३५ कोटेश्वर स्थित महादेवस्थानमा भेला भई बेलुकी १० बजे काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध फुलवारी पुगी संघिय लिम्वुवान राज्य परिषद कुमार लिङदेन समुहका सदस्यहरुले ती महिलालाई नियन्त्रणमा लिएको बताइन्छ । दुर्ग वहादुर लिम्वु र तेज वहादुर लिम्वु लगायत संघिय लिम्वुवान स्वयत्ता राज्य परिषदका ११ जना सदस्यहरुको संलग्नतामा ती महिलालाई नियन्त्रणमा लिएको स्रोतको दावी छ ।संघिय लिम्वुवान स्वायत्त राज्य परिषद कुमार लिङदेन समुहका एक केन्द्रिय सदस्यका अनुसार हाल ती महिलालाई ललितपुरको बालकुमारी र कोटेश्वर क्षेत्रमा राखी चरम मानसिक यातना दिन थालेको बताइएको छ । संघिय लिम्वुवान राज्य परिषद कुमार लिङदेन समुहका सदस्यहरुद्वारा नियन्त्रणमा लिई चरम यातना पाउने महिलाको नाम धादिङ्ग जिल्ला सेम्जोङ गाविस वडा नं ३ घर भई हाल काठमाडौंको बौद्ध फुलवारी बस्ने तोकमाया तामाङ रहेको थाहा भएको छ ।
विगत २ बर्ष देखि धादिङ्ग जिल्ला कटुण्जे गाविस स्थित कुन्डलादेवी उच्च माविका शिक्षक भई शिक्षण पेशामा संलग्न दुर्ग वहादुर लिम्वुको योजना अनुसार देह व्यापार गर्ने उद्देश्यले तोकमाया तामाङलाई नियन्त्रणमा लिएको स्रोतको दावी छ । झापा जिल्ला सतासीधाम गाविस वडा नं ९ घर भई हाल ललितपुर उपमहानगरपालिका वडा नं १४ नखिपोट वस्ने दुर्ग वहादुर लिम्वु र तेज वहादुर लिम्वु लगायतका व्यक्तिहरु बेलुकी १० बजे काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध फुलवारी पुगी तोकमाया तामाङलाई नियन्त्रणमा लिएको र त्यही राति नयाँ वानेश्वर स्थित शान्तिनगरमा पुर्याई चरम यातना दिन थालेको बताइएको छ ।
यस भन्दा अघि पनि दुर्ग वहादुर लिम्वुले जिउ मास्ने बेच्ने नियतले ती महिलालाई ललाई फकाई गरी धादिङवाट त्रिशुली हुँदै काठमाडौंको बालाजु वाइपासमा पुर्याएको थियो । बालाजु वाइपासवाट झापा जिल्ला सतासीधामका तेज वहादुर लिम्वुले उनलाई मोटरसाइकलमा राखी ललितपुर उपमहानगरपालिका वडा नं १४ नखीपोट स्थित आफ्नै निवासमा पुर्याई दुई दिन सम्म बन्धक वनाएका थिए ।
बेपत्ता वनाएको २ दिन पछि उनका श्रीमान सन्त वहादुर तामाङले वेपत्ता वनाउने समुहका नायके दुर्ग वहादुर लिम्वुको हुलिया सहित महानगरीय प्रहरी बृत्त बौद्धमा किटानी जाहेरी दर्ता गरेका छन् भने माइती नेपालमा पनि जिउ मास्ने बेच्ने नियतले ती महिलालाई वेपत्ता बनाएको उल्लेख गरी निवेदन दर्ता गराएका छन् । माइती नेपालमा मात्रै उनले ५ जना महिलालाई बेपत्ता वनाएको उजुरी परेको छ ।
महानगरीय प्रहरी बृत्त बौद्धमा दर्ता गरेको निवेदनमा वेपत्ता हुनेको नाम नुवाकोट जिल्ला बुङताङ गाविसवडा नं ६ वस्ने हुंगा वहादुर तामाङकी छोरी बर्ष २५ की तोकमाया तामाङ उल्लेख छ । उनको धादिङ जिल्ला सेम्जोङ गाविस वडा नं ३ चौतारा बस्ने सन्त वहादुर तामाङसंग आजभन्दा सात वर्ष अघि विवाह भएको र ४ बर्ष पुरा भएको छितिज नाम गरेको एक छोरा समेत रहेको उल्लेख छ ।
वेपत्ता बनाउने गिरोहका नायके झापा जिल्ला सतासीधाम गाविस वडा नं ९ बस्ने जित वहादुर लिम्वुको छोरा वर्ष ३५ को दुर्ग वहादुर लिम्वु भएको र निजले २ बर्ष देखि धादिङ जिल्ला कटुण्जे गाविस स्थित कुन्डलादेवी उच्च माविमा शिक्षक भई अध्यापन गराइरहेको उल्लेख छ ।
उनले कुन्डलादेवी उच्च माविमा शिक्षण पेशा अँगाल्नु अघि बुढानिलकण्ठ, भक्तपुर र सोलुखुम्वुमा पनि अध्यापन गराएका थिए । यी तिनवटै विद्यालयमा अध्यापन गराउने क्रममा विद्यालयको आफ्नै सहकर्मीहरुसंग अनुचित सम्पर्क कायम गरेकाले ती विद्यालयहरुले निलम्वन गरेको स्रोतको दावी छ । धादिङ कटुण्जे स्थित कुन्डलादेवी उच्च माविमा अध्यापन गराउने क्रममा पनि आफ्नै विद्यालयका महिला सहकर्मीहरुलाई दुःख दिने गरेकाले विद्यालयले निष्कासन गर्ने तयारी गरिरहेकै समयमा बिगत १
महिना देखि उनी विद्यालय छाडेर हिडेको विद्यालयका प्रअ भेषराज नेपालले बताउनु भएको छ ।
दुर्ग वहादुर लिम्वुले सोलुखुम्वुमा शिक्षक भई अध्यापन गर्ने क्रममा सोलुखुम्वुकै एक महिलासंग अनुचित सम्पर्क राख्ने क्रममा ती महिला गर्भवती हुन गई एक सन्तानको जन्म भएको थियो । यसैकारण विद्यालयमा ठुलो विवाद उत्पन्न भएकोले ३ बर्ष अघि त्यस विद्यालयले उनलाई निलम्वन गरेका थिए । यसपछि उनले विगत २ बर्ष देखि धादिङ जिल्ला कटुण्जे गाविस स्थित कुन्डलादेवी उच्च माविमा शिक्षक भई अध्यापन गर्न लागेका हुन् ।

दुर्ग वहादुर लिम्वुले २०५१ सालमा राष्ट्रिय रमणिय आदर्श मावि सतासीधाम दुधे झापावाट द्वितिय श्रेणीमा एसएलसी पास गरेको देखिन्छ । उनको सिम्वोल नं००४२७७६F रहेको छ । उनले कन्काई क्याम्पस सुरुङ्गा झापावाट २०५५ सालमा + २ पास गरेको देखिन्छ । निजको रजिष्टे्शन नम्वर ५३०४०३०५२ रहेको छ । दुर्ग वहादुर लिम्वुले कन्काई क्याम्पस सुरुङ्गा झापावाट नै २०५८ सालमा बिए पास गरेको देखिन्छ । बिए को मार्कसिटमा उनको रजिष्टे्शन नम्वर ६-२-२०४-२८७-९८ रहेको छ । उनले रत्न राज्य क्याम्पस भृकुटी मण्डपवाट २०६३ मा एमए गरेको देखिन्छ ।
उनको एमएको मार्कसिटमा रजिष्टे्शन नम्वर ६-२-२०४-२८७-९८ रहेको छ । उनले २०६२ वैशाख २३ गते जिल्ला शिक्षा कार्यालय काठमाडौंवाट माध्यमिक तहको विद्यालयमा अध्यापन गर्नका लागि स्थायी अध्यापन अनुमति-पत्र प्राप्त गरेको छ ।
अनुमति-पत्रमा काठमाडौंका तत्कालीन जिल्ला शिक्षा अधिकारी लक्ष्मण खनालले हस्ताक्षर गरेको छ । अनुमति-पत्रको प्रमाणपत्रको नम्वर ४१३८७६ रहेको छ ।
उनका विरुद्धमा २०६७ साल चैत्र २१ गते महानगरीय प्रहरी बृत्त बौद्धमा निवेदन दर्ता भएको भए पनि महानगरीय प्रहरी बृत्त बौद्धले चलानी नं ३२४७ राखी काठमाडौंका महानगरीय प्रहरी बृत्त, प्रभाग र विटहरुलाई खोज तलास गर्नु गराउनु भनि परिपत्र पठाउने काम बाहेक अहिलेसम्म कुनै काम गर्न सकेको देखिएको छैन । माइती नेपालले भने बेपत्ता पारिएका महिला र मुख्य अभियुक्त दुर्ग वहादुर लिम्वुको हुलिया सहितको विवरण र फोटोहरु सिमा र नाकाहरुमा पठाउने काम गरेको छ । माइती नेपालको सकृयता बढेको थाहा पाएपछि दुर्ग वहादुर लिम्वु लगायतका समुहले आफ्नो नियन्त्रणमा रहेको महिलालाई नयाँ बानेश्वरको शान्तिनगर, कोटेश्वर र
ललितपुरको बालकुमारी क्षेत्रमा पुर्याई बन्धक बनाई चरम यातना दिन थालेको स्रोतको भनाई छ । माइती नेपालमा दर्ता भएको यस सम्वन्धी निवेदनको दर्ता नम्वर ७९३४ रहेको छ । यातना दिने क्रममा दुर्ग वहादुर लिम्वुले आफु २० वर्ष पनि जेल वस्न तयार भएको भन्दै नियन्त्रणमा रहेका महिलालाई मानसिक दवाव दिने गरेको पनि स्रोतको दावी छ । मुख्य अभियुक्त दुर्ग वहादुर लिम्वु र उनिहरुको नियन्त्रणमा रहेको महिलाको फोटो यसै साथ संलग्न छ । नयाँ बानेश्वरको शान्तिनगर, कोटेश्वर र ललितपुरको बालकुमारी क्षेत्रमा पुर्याई संघिय लिम्वुवान राज्य परिषद कुमार लिङदेन समुहका कार्यकर्ताहरुले ती महिलालाई चरम यातना दिएको भन्ने पुष्टी भएपनि कुन घरमा राखी यातना दिएको हो थाहा पाउन नसकेको हुनाले थाहा पाउनु हुने वा देख्नु हुनेहरुले माइती नेपालको केन्द्रिय कार्यालय वा उनको श्रीमान सन्त वहादुर तामाङलाई ९८४१०५२२०८ मा खवर गर्न सकिने छ ।
क्षितिज तामाङ

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...