झापाका एक युवकको अमेरीकामा गोली हानि हत्या


सञ्जीप चापागाई

झापा २३ चैत
अपराधिक समुहको गोली प्रहारवाट झापा महारानीझोडा घर भएका एक युवकको अमेरीकाको लस एन्जसलमा हत्या भएको छ ।महारानीझोडा–७ स्थिायी घर भएका २३ वर्षीय रोशन भन्डारीको गयराती गोली हानि हत्या गरीएको हो ।
उनि कार्यरत सेभेन इलेभन पसलमा तिन महिना अघि भएको डकैतीका प्रत्यक्षदर्सी भन्डारीलाई बयानका लागि अदालत जाने क्रममा लस एन्जलस स्थित पेल्स फ्लावरमा हत्या गरीएको जनाइएको छ । 

पार्किङ्ग गरीएको कारमा रहेका उनीमाथी अन्धधुन्द गोली प्रहार भएको र गोली उनको छातीमा लागेको अमेरीका वाट प्रकासित हुने नेपाली भाषाको अनलाईपत्रीका नेपाली पोष्टले जनाएको छ । भण्डारीको सवलाई प्रहरीले आफन्तको जिम्मा लगाइसकेको छ ।

दुइ वर्ष अघि डिभि परेर अमेरीका गएका भण्डारीे आफु कार्यरत पसल सेभेन इलेभेनका तर्फवाट अदालतमा वयान दिन जादै गरेका थिए । गोली प्रहारवाट उनको घटनास्थलमै ज्यान गएको थियो । भण्डारीको हत्यमा लुटपाटमा संलग्न अपराधीहरुको संल्गनता रहेको हुन सक्ने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...