अनलाईन व्यूरो झापा
सन् २००८ मार्च १ तारिकका दिन झापाको गोलधाप शिविरमा आगलागी हुँदा १२६५ टहरा नष्ट भएका थिए तर त्यसको तीन वर्ष पछि आज मार्च २२ गते शरणार्थीहरुले अर्को दुखत दिन भोग्नु पर्यो ।
![]() |
| गोलधाप शरणार्थी शिविरमा लागेको आगो निभाउँदै मेचीनगर दमकलका कर्मचारी दशरथ प्रधान । तस्विर सौजन्य पर्वत पोर्तेल |
बिहान ७ बजे झापाको गोलधाप शरणार्थी शिविरमा आगालगी हुँदा ६५० टहरा जलेर खरानी भए । आगो नियन्त्रण गर्नको लागि मेचीनगर, भद्रपुर, दमक, इटहरी र धरानका ६ वटा दमकललाई ४ घण्टा लागेको थियो । हाम्रा प्रतिनिधी देवु बाँनियाका अनुसार विशेष गरी एस.एल.सीको तयारीमा रहेका विद्यार्थीहरु आगलागीबाट बढी पीडित बनेका छन् । उनिहरु ट्युसन पढ्ने समयमा आगलागी भएका कारण प्रवेश पत्र लगायत अन्य तयारी पुस्तिकाहरु जलेर खरानी भएका छन् ।
सो आगलागीबाट विस्थापित बनेका परिवारलाई राहात स्वरुप नेपाल सरकारले प्रति परिवार १५०० दिने घोषण समेत गरेको छ । त्यो आगो निभ्न नपाउँदै मोरङको शनिश्चरेमा रहेको शरणार्थी शिविरलाई पनि आगोको लप्केको पूरै घेर्र्यो । मोरङको
मोरङको शनिश्चरे स्थित शरणार्थी शिबिरमा आगलागी हुंदा मगलबार ४सय ५०वटा छाप्रा जलेर नष्ट भएका छन् । दिउसो २ बजे सुरु भएको आगलागीका कारण शिबिरका सेक्टर बि र सि का छाप्राहरु जलेका हुन् । आगलागी कसको घरबाट सुरु भएको भन्ने कुरा पत्ता लाग्न सकेको छैन । तर प्रत्यक्षदर्शीहरुले शिबिर भित्रकै एक आरनबाट आगो बाहिरिएको हुनसक्ने अनुमान गरेका छन् ।
आगो लागेको लामो समयसम्म दमकल आउन नसक्दा ठुलो क्षती भएको शरणार्थीहरुको भनाइ छ ।
२ वटै शिविरबाट ५ हजार विस्थापित भुटानी शरणर्थाीलाई जंगल र चौरमा राखिएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...