प्रहरी कार्यलय भित्रै लछार पछार पार्दै छुटाईयो जोडी

गणेश लम्साल
विराटनगर । कसैमाथि पनि जातीय विभेद गर्नुहुदैन भन्दै नेपालमा समेत   ४६ औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईरहेको वेला  जिल्ला प्रहरी कार्यलय मोरंगमा भने मंगलवार एक जना दलित युवाले प्रेम विवाह गरिसकेकी प्रेमीकालाई भने लछारपछार पार्दै मंगलवार प्रहरी कार्यलय  परिसरभित्रवाट छुटाएर लगिएको छ । 
जातिय छुवाछुतको अन्त र समानताको सन्देश दिन एकहप्ता अघिमात्र उनीहरुले  दुई वर्षदेखि गर्दे आएको आफनो प्रेमलाई हिन्दुविधि अनुसार मन्दिरमा भगवान साक्षी राखेर सिन्दुर पोते र वरमाला एकआपसमा वरमाला पहिरिएर  काठमाण्डौमा विहे गरेका थिए । तर उपल्लो जातिको अंहंकारले धपक्क वलेको कथित उपल्लो जाति भनिने केटिका आफन्तले चार महिना केटीको राजी खुशी विहे गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी मोरंगका डिएसपी सहाकुल थापा र महिला प्रहरीकी निरिक्षक सुमा कार्की लगायत दर्जनौ प्रहरीको अगाडि कार्यलय भित्रै मारुती भ्यान ल्याएर केटीलाई लछार पछार पार्दे जर्वदस्ति छुटाएर लिएर गए । 
भोजपुरको घोडेटार ८ घर भै काठमाण्डौमा वस्दै आएकी  १९ वर्ष १०  महिना उमेर भएकी , अनमी पेशामा संलग्न सकुन्तला भण्डारी र सोही जिल्ला घरभै काठमाण्डौको न्युरोडमा सुन पसलमा काम गर्दै आएका २७ वर्षीय  मनोज राज विकले २ वर्षअधि देखी प्रेम गर्दै आएको र एक हप्ताअघि काठमाण्डौको पशुपतिनाथमा गै गन्र्धव विवाह गरेका थिए । तर दलितसँग विवाह गरेको जानकारी पाएर उमेर नपुगेकी छोरीलाई मनोजले अपहरण गरेर लगेको भनेर सकुन्तलाका आफन्तले जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि पुहँचको वलमा प्रहरीले मोवाईल टे«सगरि नव विवाहित पे्रमीकालाई हनुमान ढोका प्रहरीले काठमाण्डौवाटै पक्रेर मंगलवार हवाई जहाजवाट विराटनगरमा रहेको जिल्ला प्रहरी कार्यलय मोरंगमा पठाएको थियो । जिल्ला प्रहरी कार्यलयले पनि  उमेर नपुेगेको भन्दै केटालाई हिरासतभित्र थुनेर केटिलाई अभिभावकको जिम्मा लगाएको थियो । सकुन्तलाकी आमा , मामा , दिदि र ठूलो वुवालाई केटा पक्षले विभेद नगर्न दशऔला जोडर विन्ति गर्दा पनि उनीहरुले प्रहरी कार्यलय भित्रै मारुती भ्यान ल्याएर महिलासेलवाट केटिलाई घिर्सादै निकालेर कोच्दै लिएर गए । आफनो प्रेमीसँग विछोडिनुपर्दा सकुन्तला भने रुदै , म जान्न म जान्न भन्दै गुहार मागिरहेकी थिईन । अधिकारकर्मीहरुले पनि जर्वदस्ति छुटाएर पठाउनु उचित नहुनेभन्दा पनि प्रहरीले कुरो सुनेन । 

प्रेमी मनोजले आफुले सकुन्तलालाई वेच्न विहे नगरेकोेले छुटाउन नमिल्ने आग्रह गर्दा पनि केही लागेन । महिला सेलकै अगाडि भेन ल्याएर सकुन्तलालाई लान खोजेपछि  केटा पक्षका आफन्तले वाटो छेक्न खोजेपनि प्रहरीले तिमिहरु को हौ आफनो सन्तान लान नदिने भन्दै हप्काएको थियो ।    केटाका आफन्तहरु भेनरोक्न गेट  वाहिर सम्म दौडेर पछयाएका थिए ।   
केटा र केटीलाई साथ दिन राष्टिय  दलित आयोगका अध्यक्ष  विजुल विश्वकर्मा , एमाले नेता छविलाल विश्वकर्मा देखी अधिकारकर्मी र पत्रकारहरु गुहार्दा समेत कुनै सुनवाई भएन । केटिले जान नचाहेको वताएपनि प्रहरीले तिमिले नजाई धर पाउँदैनौ भन्दै केटि जिम्मा लगाएको थियो । केटा र केटीलाई साथ दिन काठमाण्डौवाट आएका  उत्पिडित दलित जातीय विकास समितीका सदस्य वुद्धि विश्वकर्मा , पत्रकार यादव भट्टराई र दलित अधिकारकर्मी उमेश विश्वकर्माले समेत केटिका आफन्तलाई विभेदको मानसिकता त्यागेर विहेलाई मन्जुरी दिन अनुनय विनय गरेपनि  केही नलागेपछि सवैले प्रहरी  परिसरवाटै सकुन्तलालाई घिसोरेर लगेको हेर्नु वाहेक केही गर्न सकेनन । प्राण प्यारी आफनी  प्रेमीका जर्वदस्ति आँखै अगाडि घिसारेर लगेपछि व्याकुल वनेका प्रेमी मनोजले भने “ समानताको अधिकार  , कोठे प्रतिवद्धता र कार्यक्रममा मान सम्मानकालागि वोलिने भाषण मात्र रहेछन । ,,   
यसैगरि उमेर पुगेर पनि कानुनी विहे दर्ता गराउन अदालत जान असुरक्षित भएको भन्दै मोरंगको सोराभाग ३ का २५ वर्षका अखिलेश पासवान ्र छिमेकी गाविस विवियाविर्तााकी सुभद्रा ठाकुरले विवाह गर्दा असुरक्षित हुनु परेको र अदालतसम्म जाने अवस्थामा पनि आफन्तले वाधा हालिरहेको भन्दै जिल्ला प्रहरी कार्यलय मोरङमा उजुरी दर्ता गराएका छन । उनीहरुले विहेगरेर ४८ दिनसम्म भारतमा गएर लुक्न वाध्य भएको र हाल कानुनी विवाह दर्ता गराउन चाहेको वताएका छन । 

1 comment:

  1. nepal ko prasaasan nepal police ko yo bhanda beijjat kaha hune ra uffffffffffffffffffffffffff nepal ko system.................

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...