
विश्वका सबैभन्दा हाचो व्यक्ति खगेन्द्र थापाको उपाधि अर्कैले लाने भएको छ ।
हाल खगेन्द्रको नाममा रहेको विश्वका सबैभन्दा हाचो व्यक्तिको उपाधि फिलिपिन्सका १७ वर्षीय जुनरे वालागिन्गले पाउने प्रायः निश्चित भएको छ ।
जूनमा १८ वर्ष पुगेपछि उनलाई विश्वका सबैभन्दा हाचो व्यक्ति घोषणा गरिने समाचारमा जनाइएको छ । जुनरे नेपालका खगेन्द्रभन्दा पाँच इन्च कम उचाईका छन् । खगेन्द्रको उचाई २७ इन्च छ ।
जुनरेको शारीरिक बृद्धि एक वर्षको उमेरबाटै रोकिएको थियो । उनी निकै कमजोर छन् । जसका कारण उनी धेरैवेरसम्म उभिन समेत सक्दैनन भने हिडडुल गर्न आमाको साहारा लिन्छन् ।



विश्वका सबैभन्दा हाचो व्यक्तिको रेकर्ड आफ्नो नाममा हुने भएपछि जुनरे निकै खुसी छन् ।
उनका आमा बुबा र तीन भाई बहिनी छन् । उनका भाई बहिनी भने सामान्य छन् र उनीहरु विद्यालय जान्छन् ।
गिनिज बुक अफ वल्र्ड रेकड्सका प्रवक्ताले जुनेर १८ वर्षको भएपनि उनको उचाई नापिने र रेकर्डबारे पुष्टि गर्ने बताएको भारतीय समाचारपत्र जागरण न्युजले जनाएको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...