धनकुटा, फाल्गुन २८ - मुलघाटस्थित तमोर नदीले बगाएर शनिवार अपरान्ह पौने तीन बजे एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा संखुवासभा मादीमुलखर्क ६ का १९ वर्षीय अजय गुरुङ्ग रहेको प्रहरीले जनाएको छ । धनकुटास्थित गोकुण्डेश्वर उच्च मावि कक्षा १२ मा अध्ययनरत गुरुङ साथीहरुसँग नुहाउन गएका बेला नदीले बगाएको हो ।
प्रहरी, स्थानीयबासी र उनका साथीहरुले साँझसम्म खोजी कार्य जारी राखेपनि फेला नपरेको प्रहरीले जनाएको छ । उक्त स्थानमा बनभोज खान जाने तथा नुहाउन जानेक्रममा वर्षेनी नदीले बगाउने गरेको स्थानीयले बताए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...