माइक्रोसफ्टले निर्माण गर्ने संसारभर सबैभन्दा धेरै प्रयोग गरिने इन्टरनेट ब्राउजरको नयाँ संस्करण सार्वजनिक भएको छ । माइक्रोसफ्टले टेक्सासको अस्टिनमा आयोजना हुने साउथवेस्ट इन्टर ¥याक्टिभ फेस्टिबलमा नयाँ संस्करणको इन्टरनेट एक्सप्लोरर (आईई) ९ सार्वजनिक गरेको हो । इन्टरनेट प्रयोगकर्ताले अब नयाँ ब्राउजर प्रयोग गर्न सक्नेछन् । कम्पनीले नयाँ ब्राउजरलाई केबल तीव्र गतिका लागि मात्रै नभई आजसम्मकै सबैभन्दा उत्कृष्ट आईई भएको दाबी गरेको छ । कम्पनीले यो ब्राउजर ज्यादै आकर्षक हुने र मोजिला फायरफक्स, गुगलक्रोम, एप्पल सफारी तथा ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको दाबी गरेको छ । तर नयाँ ब्राउजरले माइक्रोसफ्टको विन्डोज एक्सपी अपरेटिङ सिस्टममा भने काम गर्दैन । यसका लागि प्रयोगकर्ताले विन्डोजको सेभेन भर्सन आफ्नो कम्प्युटरमा राख्नुपर्ने छ ।
संसारभरका करिब ४० देखि ५० प्रतिशत कम्प्युटरमा प्रयोग हुने विन्डोजको एक्सपी अपरेटिङ सिस्टममा नयाँ ब्राउजरले काम नगर्ने कुराको प्रष्टीकरणमा नयाँ ब्राउजरलाई छिटो काम गर्ने बनाउनका लागि प्रयोग गरिएको ग्राफिस्क कार्डले एक्सपीमा प्रयोग गरिएका ड्राइभर र अन्य उपकरणका कारण काम गर्न नसक्ने माइक्रोसफ्टले बताएको छ । तर फायरफक्सका ब्राउजरमा भने एक्सपी सबै प्रकारका अपरेटिङ सिस्टममा चल्ने विशेषता छ ।
संसारभरका करिब ४० देखि ५० प्रतिशत कम्प्युटरमा प्रयोग हुने विन्डोजको एक्सपी अपरेटिङ सिस्टममा नयाँ ब्राउजरले काम नगर्ने कुराको प्रष्टीकरणमा नयाँ ब्राउजरलाई छिटो काम गर्ने बनाउनका लागि प्रयोग गरिएको ग्राफिस्क कार्डले एक्सपीमा प्रयोग गरिएका ड्राइभर र अन्य उपकरणका कारण काम गर्न नसक्ने माइक्रोसफ्टले बताएको छ । तर फायरफक्सका ब्राउजरमा भने एक्सपी सबै प्रकारका अपरेटिङ सिस्टममा चल्ने विशेषता छ ।एक्सपीमा प्रयोग गर्न नसकिने भए पनि नयाँ ब्राउजर माइक्रोसफ्टकै पुराना ब्राउजर र अन्य प्रतिस्पर्धीको तुलनामा भने ज्यादै राम्रो मानिएको छ । यसमा नयाँ सर्च बक्स, पिन्डसाइट लगायतका विशेषताहरू पनि थप गरिएको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...