धरान । मादक पदार्थ सेवन गरेर सार्वजानिक ठाउामा होहल्ला र झगडा गरेको आरोपमा प्रहरीले दुइ युवालाई निर्घात रुपमा कुटपिट गरेका छन् ।सोमबार राती धरान ८ स्थित बरगाछी पेटेल पम्पबाट धरान १५ का २१ वर्षीय अनिस लिम्बू र धरान १६ का २१ वर्षीय रमेश लिम्बूलाई पक्राउ गरी प्रहरीले निर्घात कुटपिट गरेको हो ।
दुवै युवाहरुले प्रहरीले विनाकारण आफुहरुलाई पक्राउ गरेर मरणासन्न हुनेगरि जथाभावी आक्रमण गरेको बताए । सोमबार राती पक्राउ परेका युवाहरुलाई प्रहरीले मंगलबार कागज गरी छाडेको थियो । कागज गरेर मंगलबार छाड्नेक्रममा प्रहरीसागको मिलेमतोमा धरान १६ का काजी राईले नगद ३ हजार लिएको पीडित परिवारले जनाएको छ ।
दुवै युवाहरुले प्रहरीले विनाकारण आफुहरुलाई पक्राउ गरेर मरणासन्न हुनेगरि जथाभावी आक्रमण गरेको बताए । सोमबार राती पक्राउ परेका युवाहरुलाई प्रहरीले मंगलबार कागज गरी छाडेको थियो । कागज गरेर मंगलबार छाड्नेक्रममा प्रहरीसागको मिलेमतोमा धरान १६ का काजी राईले नगद ३ हजार लिएको पीडित परिवारले जनाएको छ ।प्रहरीको कुटाइबाट अनिसको आखा, टाउको साथै हातखुट्टामा निलडाम छ भने रमेशको हातखुट्टामा केही भागमा निलडाम रहेको छ । बरगाछी पेटेलपम्पमा साथीहरुसाग जिस्किदै गरेको अवस्थामा बरगाछीस्थित प्रहरी पोष्टले जर्बजस्ती पक्राउ गरी इलाका प्रहरी कार्यालयमा बुझाएको र त्यहााका प्रहरीहरुले जथाभावी कुटपिट गरेको युवाहरुले बताए ।
साथीहरुसाग ठट्टा गरिरहेको अवस्थामा प्रहरीले झगडा गरेको भन्दै पक्राउ गर्न आएपछि ४ जना अन्य साथीहरु भाग्न सफल भएपनि प्रहरीले आफुहरुलाई पक्राउ गरेको अनिसले बताए । ‘हामीले कुनै गल्ती गरेका थिएनौं,विना कारण पक्राउ पर्यौं’—उनले भने ।
पीडित युवाद्धयका अनुसार प्रहरीले लागुऔषध मुद्दामा फसाउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर नसा(लागुपदार्थ) सेवन गरेको भनि मेडिकल जेकजााच समेत गरेपनि रिर्पोटमा मादकपदार्थ(रक्सी) मात्र सेवन गरेको भेटिएको थियो ।
इलाका पुर्याएपछि सईदेखि जवानसम्मले बाहिर बोलाउदै कुटेको कुट्यै गरेको रमेशले बताए । एकचोटीलाई गल्ती भयो भन्दै माफ मागेपनि प्रहरीले कुन राजनैतिक दलको मान्छे होस् भनेर सोध्दै कुटिरहेको उनले बताए ।हङकङगबाट एक महिना अगाडी मात्र १२ कक्षाको परिक्षा दिन धरान आएका रमेश लिम्बू गत शनिबार आयोजित भ्वाइस अफ युथ सांगीतिक समूहको हिसाव मिलाउन साथीहरुसाग भेटघाट गरेर फर्कने क्रममा प्रहरीले पक्राउ गरेको बताए । भ्वाइस अफ युथ कार्यक्रमबाट उठेको ५ हजार नगद समेत प्रहरीहरुले कुटपिट गर्ने क्रममा हराएको उनीहरुले बताए ।
यता इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी दिपक रेग्मीले आफु तीन दिनदेखि इनरुवामा रहेकोले सो घटनाबारेमा थाह नभएको बताए । इप्रका धरानका प्रहरी नायब निरीक्षक किरण प्रसाईले भने सार्वाजानिक स्थानमा झगडा गरिरहेको अवस्थामा पक्राउ गरेका दाबी गरे ।
साथै उनले दुवैलाई कुटपिट नगरेको भन्दै झगडा गर्ने क्रममा चोट लागेको हुन सक्ने बताए । कागज गरेपछि पीडित पक्षसाग प्रहरीले रकम नलिएको जिकिर गदै उनले कसैले रकम लिएको पाइएमा कारबाही प्रक्रिया अघि बढाउने बताए ।
With reference to Click dharan dot com

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...