मोटरसाइकलमा आएकाले वृद्धलाई गोली हानेर भागे


अमर खड्का, इटहरी, फागुन ३०- इटहरी वडा नम्बर ४ मा ६० वर्षीय वीरबहादुर मगरलाई आज बिहान मोटरसाइकलमा आएका दुई जनाले दुई राउन्ड गोली हानी भागेका छन्। घर नजिकै बसिरहेका मगरलाई खुट्टामा गोली लागेको जानकारी छ।

 घाइते मगरको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। गोली हान्नेहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका सई विनोद श्रेष्ठले बताए।

गोली किन र कसले हानेको भन्ने बारे केही थाहा हुन सकेको छैन।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...