प्रेस स्वतन्त्रतामाथि ठाडो हनन {रिपोटिङमा पत्रकारको क्यामेरा खोसियो }


पाँचथर, चैत्र ३ - पाँचथरको जोरपोखरी-काहुले-चरिभञ्याङ-ओयाम सडकको स्थलगत रिपोर्टिङ गर्न गएका कान्तिपुर दैनिकका पाँचथर संवातदाता लवदेव ढुंगानालाई समिति पदाधिकारीहरुले अभद्र व्यवहार गर्दै क्यामेरा खोसेका छन् ।
निर्माण समितिका सदस्यहरु कमल न्यौपाने, विश्वराज योङया र सह-सचिव संगीत योङ्याले जनश्रमबाट काम गर्नु पर्ने सडक निर्माणमा मेशिन प्रयोग गरी भएको अनियमितता सार्वजनिक हुने डरले आइतबार उनलाई दुव्र्यवहार गर्दै क्यामेरा जफत गरेर दुई दिनपछि फिर्ता गरेका हुन । उनीहरुले फोटो किन खिचेको भन्दै  धम्की दिएर क्यामरा कब्जामा लिई सडक आयोजनासम्बन्धी खिचेका तस्वीर मेटाइदिएको ढुंगानाले बताए ।
पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, छापामाध्यम राष्ट्रिय सञ्जाल र आदिवासी पत्रकार संघलगायतले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकारमाथिको दुव्र्यवहार र सञ्चार उपकरण कब्जामा लिनेलाई कानुनी कार्वाहीको माग गरेका छन् । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...