मेरो नजरमा बैदेशिक रोजगार

धमेन्द्र खड्का 
देशको असमान राजनीतिक अवस्था र लुछाचुडीका कारण देशका कयौ दक्ष जनशक्ति विदेशी रहेका छन् र बिदेसिने यो क्रम दिन गुना रात चौगुना भैरहेको छ, बिशेष गरेर ग्रामिण क्षेत्रका त्यस्ता युवाहरुको विदेशीने चाप बढेर गएको छ |
  भोलिका देशका कर्णधार, राज्यसत्ता संचालन गर्न सक्ने बौद्धिक क्षमता भएका यी युवाहरु यसरि नै बिदेसिने र बिदेशप्रतिको मोहमा फस्ने हो भने भोलिको नेपाल अझै  जटिल अवस्थामा नपुग्ला भन्न सकिन्न | यसकालागी सम्बन्धित निकायले समयमै विचार पुराउन जरुरि छ | र साथै त्यस्ता कार्यक्रमहरुको शुरुवात पनि गर्नु पर्ने देखिन्छ जसले यो बिदेसिने क्रमलाई केहि हद सम्म कम गरियोस् र दक्ष जनसक्ति विदेश पलायन हुनबाट जोगिउन | यहि बिषय बस्तुको सेरोफेरोमा मैले भोगेका केहि महत्वपुर्ण कुराहरु जुन तपाईहरुका लागि उपयोगी हुन सक्छ मैले यहाँ राख्ने जमर्को गरेको छु् |

किन बिदेशिन छन युवाहरु
 बिशेषत ग्रामिण क्षेत्रका युवाहरु जो माध्यमिक तह सम्मको अध्ययन सकेका अनि आफ्नो आर्थिक कठिनाई र अन्य कारणले पढाईलाइ निरन्तरता दिन नसकेका, अन्य कुनै साना व्यवसाय गर्न प्रति रुची नराख्ने, छोटो समयमा धेरै पैसा कमाउने सपना, अन्य व्यवसाय प्रतिको सामाजिक दृष्टिकोण, पढे पछी सानो काम अथवा हलो जोत्नु हुन्न भन्ने कथित् मानसिकता कै कारण प्राय ग्रामिण भेगका युवाहरु विदेशिने गर्छन | यी मात्र नभएर अन्य व्यवहारिक कारणले गर्दा पनि युवा विदेश पलायन हुने क्रम बढ्दो छ | माओबादी जनयुद्ध ताका यहि युद्धका कारणले पनि कति विवस र बाध्यतामा चाहदा नचाहदै बेदिशिए तर अहिले युद्धका कारणले विदेशिने परिस्थिति देशमा छैन जे भए पनि युद्दको चपेटा बाट देशले केहि राहत लिएको छ बदलिदो राजनीतिक अवस्थाका कारणले तर पनि समग्रमा विदेश पलायन हुने क्रम घटेको छैन बढ्दोमा छ | 

 बैदेशिक रोजगारका लागि आउन लग्नु भएका साथीहरु
 बिदेशमा गइ धेरै पैसा कमाउ छु आफ्नो सुन्दर भबिष्य बनाउछु भनि बैदेशिक रोजगारका लागि तयारी गरिरहनु भएका साथीहरु, तपाईहरुले जस्तो सोचेको यहाँ आउने बित्तिकै रुखबाट पात टिपेझैँ यहाँ पैसा अवस्य नै टिप्न पाउनु हुने छैन | यहाको आफ्नै कथा व्यथा र चित्कारहरु छ | तपाईहरुले जसरि सरलरुपमा मोटो रकम प्राप्त गरुला बिदेस गएपछि भन्ने भ्रम पाल्नु भएको छ, त्यति सजिलो बास्तवमै छैन | राम्रो कम्पनिमा राम्रो कम भाग्यबस पाउनु भयो भने केहि सरल होला तर अधिकांस कम्पनीहरु बिशेष खाडी मुलुकहरु जहाँ नेपालीहरु कम गर्छन  त्यहाँको नेपाली दाजु भाईहरुको आत्मा कथाको दृश्य सारै हृदयस्पर्शी छन् | कयौ महिना देखि कम गरेर तलब नपाएको घटना देखि बैदेशिक रोजगारका लागि यहाँ आइ ऐर पोट बाटै फिर्ती भएका, बसोबास, खानपिना को व्यवस्था प्रतिको असजिलो, कम गर्ने क्षेत्र, अत्यधिक गर्मि, घटना दुर्घटना, कमको भाषाको अज्ञानता यहाँ को सामाजिक रहनसहन र धर्म सस्कृतिको अज्ञानताका कारण नेपाली दाजु भाईहरुले भोगिरहेका पीडालाई हेर्ने हो भने कहिँ कतै चित्त बुझाउने ठाउँ छैन तर पनि हजार पिडा कन्दन बोकेर साहुको ऋण कति आएको बिदेसी चाख ऋण चुक्ता नहुन्जेल सम्म 'मुटुमाथि डुंगा राखी' |गीतकै शैलीमा बस्न बाध्य छन् |
 त्यसर्थ जतिपनि साथीहरु विदेश गएर मोटो रकम कमाउ छु भन्ने सपना बोकेर राजधानीका मेनपावर बाटा गल्लि चरी रहनु भएको छ, तपाईहरुलाई के सुझाव दिन चाहन्छु भने, आझै आफ्नो कुम्लो कुटिरो कस्नु होस्  र आफ्नो घर लग्नुहोस् |आफ्नै गाउ घरमा खेतीपाती गर्नुहोस, खेत जमिन छैन भने सानो व्यवसाय सुरु गर्नुहोस विदेश जान  लगानी गने पैसा र त्यहाँ सिंचित गर्ने पसिनाले आफनी देशमा दुई गुना मुनाफा गर्न सक्नु हुने छ | कामलाई आधुनिकरण गर्नुहोस, नया नौला खालका साना उधोगको निर्माण गर्नुहोस यसैमा तपाईहरुको भलो छ |तर जसले लगानी गरिसकेको छ वा नगई छाडदिन भन्नु हुन्छ ति साथीहरुले पनि आउनु भन्दा पहिला सहि कम्पनीको पहिचान गर्नुहोस यसकालागी आफुले चिनेका आफु जादै गरेका मुलुकमा काम गर्ने साथीहरुलाइ कम्पनीको बारेमा पूर्ण रुपमा जानकारी लिनु होस् |आउदा बिशेष फ्री भिसा र अधिकारिक मेनपावरबाट मात्र आउनु होस् एसो गर्दा पैसा धेरै नलाग्ने र पछी कुनै समस्या भए कानुनी कारवाही गर्न सहज हुने छ | कुनै न कुनै शिप सिकेर मात्र आउनु होला बिना शिप बिदेशमा केहि काम छैन ,एउटा कुनै काममा दक्ष नबनी कहिले विदेश नहिड्नु होला |

 बिदेशमा आइ काम गरिरहनु हुने साथीहरुका लागि
 जो बैदेशिक रोजगारका लागि आएर बिदेशमा काम गरिरहनु भएको छ, तपाईहरु आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी कम्पनीले दिए अनुसार पुरा गर्नुहोस | नेपाली नेपालीबीच सम्पर्क राख्नुहोस, आफ्नो आफ्नो भोगाई एक अर्का प्रति आदान प्रदान गर्ने बानीको विकास गर्नुहोस | बिशेष गरेर आफ्नो देशको भाषा सस्कृतिको जगेर्ना संरक्षण विदेश बसेर भएपनि आफ्ना हरेक चाड पर्व उत्सवहरुलाई आफु बसेको देशको कानुन भित्र रहेर मनाउने गरौ |कम्पनीमा काम गर्दा अति होशियारका साथमा सुरक्षित भै वफदारीका साथ पूरा गरौं  ्र गलत काम कहिले नगर्नुहोस, एक नेपालीको गलत कामले सम्पूर्ण ३ करोड नेपालीले शिर निहुँराउनु पर्ने हुन्छ र तपाई एक जना को राम्रो कामले भोलि बैदेशिक रोजगारका लागि आउने भावी पिडिका लागि जगको काम गर्ने छ |हिजो सम्म नेपालीहरु अदक्ष हुन्छन भन्ने बैदेशिक रोजगारदाताहरुको मानसिकता आज यहाँ आइ इमान्दार संग काम गरि दक्ष बनि रहेका हाम्रै दाजु भाईहरुको कारणले  बिस्तारै परिवर्तन हुदै जादै छ  त्यसैले अहिले राम्रा राम्रा कम्पनीहरुले पनि नेपालीहरुलाई राम्रा राम्रा अवसरहरु प्रदान गरिरहेका छन् | बिदेशमा आइ काम हर्ने पुराना नेपाली दाजु भाईहरुकै राम्रो कामको कारण यो सम्भव भएको हो | गलत पदार्थ को सेवन नगर्नुहोस अनि अन्तिममा  मैले आफ्नो सम्पूर्ण व्यवहारिक बन्दोवस्त मिलाई आखिर एकदिन नेपालनै जानु पर्छ भन्ने मूल मन्त्रलाई कहिले नभुल्नु श्रमको सम्मान गर्न सिकौ, बिदेशमा भएपनि आफ्नो राष्ट्रका लागि चिन्तित बनु अनि जहिले देशको नाम उच्च राखु | नया नौलो शिपको ज्ञान लिउ र बिदेशमा सिकेका नया शिप कलालाइ आफ्नो देशमा लागि देश निर्माणमा सहयोग गरु | यसैमा हामी सबैको भलो छ | सबैलाइ चेतना भय 

लेखकले बैदेशिक रोजगारीको क्रममा कतारमा रहँदा विदेशी नेपालीहरुको पीडालाई समेटेर उदगार  भन्ने एल्बम पनि निकालिसक्नुभएको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...