इन्स्पेक्टरलाई कारवाहीको माग


बिर्तामोड/आफ्ना कार्यकर्तालाई विनाकारण प्रहरीले कुटपिट गरेको भन्दै झापा एमालेले बिर्तामोड इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र सिटौलामाथि कारवाहीको माग गरेको छ । 
झापा एमालेले मङ्गलबार पत्रकार सम्मेलन गरी सिटौलामाथि कारवाहीको माग गरेको हो । केही दिनअघि शनिश्चरे प्रहरी चौकीका हवल्दार छत्रा श्रेष्ठलाई स्थानीय सगुन राईले कुटपिट गरेकी थिइन् । घटनापछि पक्राउ परेकी राईलाई छुटाउन दवाब दिन गएका एमाले २ नं. क्षेत्रका उपाध्यक्ष मोहन विक र सदस्य श्याम ल्वागुनलाई प्रहरीले प्रहरी कार्यालयपरिसरमै लछारपछार पार्दै कुटपिट गरेको पीडितले बताए । 
सिटौलाले भने विश्वकर्माद्वयले ‘तँलाई जागिरबाट हटाइदिन्छु’ भनेपछि प्रहरीले सामान्य लछारपछार गरेको बताए । उनले कुटपिट गरेको भन्ने आरोपको खण्डन पनि गरे । वर्दीमै रहेका प्रहरीलाई कुटपिट गर्नेलाई रिहा गर्नका लागि दवाब दिन गएका नेता र प्रहरीबीच सामान्य वादविवाद भएको प्रहरीको भनाइ छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...