धुलाबारी २ चैत/ झापाको धुलावारी स्थित सामुदायिक रेडियो रेडियो सरगमका पत्रकार अनिल वाग्लेले रेडियोले आफुलाई तल नदिइ काम वाट निक्लन वाध्य वनाएको भन्दै पत्रकार महासंघमा निवेदन दिएका छन ।
![]() |
| Journalist Anil Wagle on At Sargam Fm. Dhulabari |
सो रेडियोमा करिव ५ महिना सम्म काम गरेका पत्रकार अनिल वाग्लेले आज पत्रकार महासंघ झापा शाखाको कार्यालयमा काम गरे वापतको रकम मागि दिन आग्रह गर्दै निवेदन दिएका हुन ।सरगमले आफुलाई काम गरे वापतको तलव नदिएर काम छोडाउने वाध्यात्मक स्थिति सृजना गरेको उनले जनाएका छन् ।
काम गरे वापतको रकम माग्न पटक पटक जाँदा पनि नदिएको र पछिल्लो समयमा प्रवन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले आफनो फोन समेत नउठाउने गरेको उनले जनाएका छन् । तलव नपाए पछि आफुलाई काम गरे वापतको रकम दिलाई दिन महासंघ समक्ष आग्रह गरेका हुन् । पत्रकार वाग्लेले सरगममा समाचार सम्पादन वाचन समेतको काम गर्ने गरेका थिए ।
उता पत्रकार महासंघ झापा शाखाले घटनाबारे निस्पक्ष छानविन गरि पिडितलाई न्याय दिलाउने जनाएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...